Tuesday, March 8, 2011

फेरि एक पटक धेरै समयपछि केहि लेख्न मन लाग्यो लेख्न त सधै मन लाग्छ तर लेख्ने बिषय सोच्दा एउटै बिषय दिमागमा आउछ मेरो देश र यो संग जोडिएका धेरै पिडा दुख र हामि बाँचिरहेको ढु¨े युग ।

आज दिक्क लागि रहेको छ , मेरो एउटा साथि निमेशले आफ्नो फेश बुकमा बत्ति , पानि , ईन्टरनेटको बारेमा लेखेको थियो । उसको पिडा जायज हो , त्यो पिडा मेरो , तिम्रो ,तपाईको , हामि सबैको हो । दिक्कै लाग्छ सुत्दा बत्ति नहुने उठ्दा बत्ति नहुने , गित रेकर्ड गर्दा , अब मोबाईल चार्ज गर्न पनि लाईन नहुने . धन्य अफिसमा बत्ति हुन्छ मोबाईल चार्ज गर्ने काम सबै अफिसमा । मेरो मात्र होईन अफिस जाने सबै मित्रहरुको बिडम्बना यहि हो ।

घर बाहिर नि_िक्सयो काहालि लाग्दो भिड गाडिको भिड मान्छेको अस्तब्यस्त भिड , डर लाग्दो भएको छ राजधानि । बेलुका कामबाट घर फर्किदा डर लाग्छ सुनसान तिनकुने बानेश्वरको सडक बानेश्वर चोकमा केहि प्रहरि दाजुहरु । शान्ति सुरक्षाको त ह्वाट लागेको छ । अनि फेरि महिनामा एक दुई पटक सुरक्षा जाँच गर्न बसेका हुन्छन् प्रहरि दाजुहरु मुखबाट डु¨ डु¨ र_िक्स गनाएको हुन्छ प्रश्न कहाँबाट आउनु भएको म भन्छु अपिस कुन अपिस कान्तिपुर टिभि ए ल जानुस , यो सुविधा मैले पाएको छु । पत्रकार भएको फाईदा होला शायद । यसरि हुन्छ हाम्रो देशको शान्ति सुरक्षु ॥

मेरो एकजाना साथि बिदेशबाट केहि बर्ष अघि नेपाल आएको थियो । उ ९ बर्ष पछि नेपाल आएको थियो । उ धेरै दिनको बिदा लिएर आएको थियो नेपालमा केहि गर्न सकिन्छ कि भनेर उ २ हप्तामा भाग्यो । सकेन उसले यो वाताबरण पचाउन सकोस पनि त कसरि होउ । एस एल सि पछि अहिले सम्म सबै कुरा देखियो भोगियो अनि पचाईयो पनि Proud To Be A Nepali यो नारा यहा चरितार्थ हुन्छ । एकदम गर्वका साथ म भन्छु म नेपाली हु भनेर । बिदेश बसेका मित्रहरुमा देश प्रेमको भावना अलि बढि हुन्छ किनभने वहाहरु देशदेखि टाढा हुनुहुन्छ र हरेक मोडमा देशको याद आउछ तर मलाई सोध्नु हुन्छ भने म अन्तिममा देशको बारेमा सोच्छु । हो मलाई देशको माया लाग्छ तर शायद देशमै बसेर होला देशको बारेमा अन्तिममा सोच्ने गर्दछु म छातिमा हात राखेर भन्नुहोस तपाई सबैलाई लाग्ने कुरा पनि यहि हो । र त्यसैले बिदेश बसेका साथिहरु संग कुरा गर्दा उनीहरको पहिलो प्रश्न नै नेपाल कस्तो छ भन्ने हुन्छ अनि मेरो जवाफ ROCKING हुन्छ । के गर्ने खानु पर्यो लाउनु पर्यो परिवार पाल्नु पर्यो र देशको लागी सोचेर बस्यो भने भोकै हुईन्छ , हो यो स्वार्थि कुरा हो र आजकल हरेक नेपाली स्वार्थि भएका छन् । अब प्रश्न उठ्न सक्छ देश राम्रो भएन यि सबै कुरा भोग गर्न पाईन्छ अरे बाबा यत्रो बर्ष दॆखि देश राम्रो छ र एउटा सिस्टम बसिसक्यो । देश चलाउने हुन्छन् कोहि न कोहि अर्थतन्त्रको बारेमा ठुला ठुला गफ गर्ने देखि लिएर देशको काया पलट गर्ने सोच राख्ने बगमफुसे हरु त्यत्रो ठुलो गफ गर्नेहरुले केहि न केहि त गर्लान नि हो देशको लागी म त आफ्नो बारेमा सोच्छु भन्या तपाईहरु मलाई मतलबि नै भन्नुस तपाई आफ्नो छातिमा हात राखेर भन्नुस त के तपाई पनि यस्तै सोच्नु हुन्न । बिदेश बसेका साथिहरुलाई यो कुरा मन नपर्ला तर तपाई यहा बस्नु भएको भए तपाई पनि यस्तै सोच्नु हुन्थ्यो भन्या ……॥

यो यस्तो बिषय हो जसको बारेमा म १०० पृष्ठ सम्म लेख्न सक्छु धरोधर्म तर किन भेजा फ्राई गर्नु । मेरो जिवनशैलि ५ दिन ढाड घोटेर काम बाँकिको २ दिनमा एक दिन गित संगीत र एक दिन घर परिवार ॥ यसरि आफ्नो एक हप्ते योजना बनाउनुस खुशि रहनुहुन्छ ।

सुदिन पोखरेल ।


Friday, January 14, 2011

यहाँको चलन ।

यहाँको चलन ।

एउटा भिन्नै शैलिको गित संगीतमा लागेको थुप्रै भएछ । यो लामो समयमा नेपाली संगीतको आकास उज्यालोबाट अँध्यारो भएको पनि देखियो । कुरो त्यो बेलाको हो जब मित्र गिरिस र प्रनिल दाईले मलाई म यस्तो छु म त्यस्तो छु भन्ने गितमा एक हरफ गाउन लगाए । यो मेरो लागी ठुलो अवसर थियो । गिरिसलाई बिराटनगरमा भेट्दा उसले मेरो संगीत प्रतिको चाख देखेर सहयोग गर्छु भन्या थियो । उसले गर्यो पनि ।् गितमा हरामि छु भन्ने शब्दको प्रयोगले धेरैको दिमाग घुम्यो । तर हरामि भनेको युवा पुस्तामा धेरै चलेको शब्द थियो धेरैले बुझेनन् बुझे पनि बुझ पचाए तर युवा पुस्ताले बुझे र गाउदै हिडे । एलबम बजारमा आउदा सम्म नेपाली र् RAP संसार फस्टाउन थालेको थियो । Shez the Bomb , Chyangba Pahilo Maya जस्ता हाम्रा गितलाई सबैले मन पराए । फेरि म Remix को पक्का बिरोधि राजु दाईको बिशेष अनुरोधमा गरिउको थियो । वहाँले खुब सहयोग गर्नु भएको थियो मलाई अमितलाई र आसिफलाई पालाको पैंचो तिरेउँ । म यस्तो छु ताका नेपाली आधुनिक गायन तर्फका अग्रजहरुले आए संस्कृति बिगार्ने गायक भनेर हामिलाई भन्नु भएको मलाई याद थियो । म एकदमनै ईख लिने मान्छे त्यो संबोधन म कहिले पनि बिसर्िन्न । पछि जब हाम्रो गितहरु चल्यो वहाँहरुले फोनका फोन लगाउन थाल्नु भयो सुदिन जि यसो RAP गाईदिनु पर्यो । वहाँहरुको नजरमा RAP संगीत खालि ठाउँ भर्न लाई हो । हाँस पनि उठ्यो मेलै वहाँहरुको अनुरोधलाई ठाडौ अस्विकार गरे र भने RAP एउटा भिन्ने शैलिको संगीत हो खालि ठाउँ भर्ने माध्यम होईन । अप्ठेरो थियो यो माहोल किन भने नेपालमा तिन ताका REMIX का REMIX गितहरु बन्न थालेका थिए तर हामिले सबै अनुरोधहरुलाई वास्ता गरेनौ । अर्को एलबमको तैयारिमा लाग्यो । पहिलो माया भन्ने गितको सफलता पछि आसिफ पुर्ण रुपमा युनिटि संग आबद्ध थियो । अनि आसिफले एलबमको नाम अगाडि ल्यायो । ब्याकरण अफ र् याप वाह भन्यौ मैले र अमितले किनभने केहि अरौटे भरौटेहरुलाई सम्झाउनु थियो र् याप भनेको के हो भनेर र नेपाली शब्दमा र् याप कसरि लेख्ने र गाउने भनेर । साँच्चै भन्ने हो भने हाम्रो प्रयोग चल्यो । त्यसपछि फोन आउन छाड्यो केहि हद सम्म हामि Success भयौं जस्तो लाग्यो । सबै गितलाई दर्शश श्रोताहरुले मन पराईदिनु भयो । चुनौति झन थपियो । चलचित्रमा गित बनाउने अनुरोधहरु आयो । सिमोस सुनुवारको चलचित्र मिशन पैसाको साउण्ड ट्रयाक बनाउदा साहै मज्जा आयो । गित चल्यो तर नेपाली चलचित्र क्षेत्रका केहि निर्देशकहरुको मनमा पनि ठुलो भ्रम रहेछ खालि ठाउँ भर्नुस न भन्ने अनुरोध लिएर आउनु भयो वहाँहरुलाई पनि र् याप को अर्थ सम्झाउन सफल भयौं हामि ।

अब अहिले नयाँ एलबम बनाउने सुरमा छौं हामि ब्याकरण भाग २ तर म्युजिक ईन्डस्ट्रिको अवस्था देख्दा अलि समय लागेको हो । खत्तम छ अब जुन देशमा संगीतीक अवार्डमा गायकहरुले एस एम एस को भरमा अवार्ड जित्छन् जसको धेरै एस एम एस त्यो सर्वोत्कृष्ठ गायक त्यो देशको म्युजिक ईन्डस्ट्रिको हालत के होला आफै अनुमान गरौं ब्याकरण भाग १ का प्राय सबै गितको भिडियो हामिले आफ्नै पैसाले गरेउँ पैसा कहाँ बाट ल्यायौं पैसा कन्सर्ट गरेर जम्मा गर्दै गरेउ्रँ अब यो कुरा कसले बुझ्ने फेरि यो एल्बम हिट फ्लप भन्ने ANALYST हरुको भिडछ नेपालमा , म भन्छु के का आधारमा वहाँहरु यो बिशलेषण गर्नु हुन्छ , म्युजिकमा पि एच डि को छ नेपालमा ल देखाउनुस मलाई । अहिले नेपालमा जो संग खल्तिमा पैसा छ र जो अलि अलि गित गाउन सक्छ त्यसको एलबम हिट पनि हुन्छ त्यसले अवार्ड पनि जित्छ । तितो सत्य ।

हाम्रो एलबम बन्दैछ समसामयिक बिषयमा केन्द्रित छ हाम्रँे नया प्रस्तुति सर्बप्रथम त ब्याकरण १ को अभियुक्त भन्ने गितको भिडियो बनाउदैछौं । हो ढियो भयो एल्बम गर्न तर ढिलै भएपनि केहि नयाँ हुनेछ ।

प्रतिक्षु गर्नुहोला ।

सुदिन



्


Saturday, September 11, 2010

खै के भनु ।

आज हरितालिका तिज समस्त दिदि बहिनिहरुमा तिजको शुभकामना
तर आज म तिजको कुरा गर्दिन । अरु कुरै गर्छु ।

५३ । ५४ साल देखि नेपाली गित संगीतमा लागियो प्रत्यक्ष रुपमा सुगम संग मिलेर त्यो थियो बेला । पछि गिरिश र प्रनिल दाईले मलँई अवसर दिएर नेपाली र् याप तिर प्रवेश गरें । राम्रै अवसर दिएका हुन् पहिलो गितनै चल्यो चल्यो के भन्नु धमाकानै भयो । त्यो बेलाको समय भिन्नै थियो । फस्टाएको थियो नेपाली सांगीतिक संसार गायक कलाकारहरुले पनि राम्रै कामाउथे र कम्पनिहरुले पनि राम्रै ब्यापार गर्थे पाईरेसि थियो तर अहिलेको जस्तो थिएन तर भए पनि फरक पर्दैन थियो किनभने देशको अवस्था राम्रो थियो । सांगीतिक कार्यक्रमहरु थुप्रै हुन्थे । म सम्झन्छु हाम्रो She's The Bomb च्याङ्ग्बा , आँखाभरि , पहिलो माया भन्नै गितहरु प्रख्यात भएको बेला महिनामा ३ वटा सांगीतिक कार्यक्रमहरु गरिन्थ्यो । धेरै पहिले पनि होईन भन्या ३ बर्ष अगाडिको कुरा तर देशको राजनितिक खिचातानिले कसरि सबै क्षेत्रलाई असर गर्छ भन्ने जलन्त उदाहरण अहिले देख्न सकिन्छ । चलेका कालाकारहरुलाई त्यो बेला भ्याई नभ्याई थियो राजधानिमा यति धेरै कार्यक्रम हुन्थ्यो के भन्ने । तर अहिले खै कार्यक्रमहरु । खै रात्रि जिवन रात्रि जिवन ठप्प नै भयो । रात्रि जिवन हुनुपर्छ भन्ने सोच राख्ने मान्छे हुँ म । अब किन छैन भन्दा सुरक्षा छैन त्यसैले सुरक्षा दिने कसले सरकारले तर सरकारको कुरा गर्ने हो भने भो नगरौं होला कति गालि गर्ने कुकुरको पुच्छर बान्गोको बान्गो । यो कुराहरु किन गरिरहेको छु भने श्रोताहरु म्ाझ नयाँ एल्बम पस्कने तैयारिमा लागेको बेलमा यो सोच आएको हो । हुनत मेरो संगीत एउटा पेशा नै हो तर यो मौसमे खेति झै छ दशै तिहार नयाँ बर्षमा सम्झन्छन् आयोजकहरुले । तर उनीहरुको पनि आफ्नै बिडम्बना छ केहि दिन अघि एकजाना आयोजक संग कुरा भएको थियो मेरो उसले आफ्नो पिडा सुनायो सुदिन जि अब प्रायोजकहरु नै मान्दैनन् कार्यक्रम गर्न अनि कलाकारहरुलाई उनीहरुको पारिश्रमिक नदिई पठाउन नराम्रो लाग्छ उ कुनै बेला राजधानिमा थुप्रै कार्यक्रम गथ्र्यो । अहिले उ अर्कै ब्यापारमा ब्यस्त छ र राम्रै गरिरहेको छ । तर यो संगीतको नशा यस्तो हुदो रहेछ कि के भन्ने

यि सबैको गाँठो जोडिएको छ ओह्ालो लागेको नेपाली राजनिति संग । केहि दिन अघि खेलकुद समाचारको पालो कुर्दा नेपालको बर्तमान अवस्थाको समाचारले झन दिक्क पार्यो । नेपाल बिश्व बरियतामा पछाडिबाट १० औं स्थानमा छ अब हामि सोचौ हामि कता छैंा भनेर । हरे … दिक्क लाग्छ । त्यहि पनि पापि पेटको सवाल छ काम गर्नै पर्यो राम्रँे लाउनै पर्यो खानै पर्यो र खुशि हुनै पर्यो आफ्नै देशमा बसेर …। अब के लेखौं । यो राजनिति र समसामयिक कुरा रबर जस्तो जति तन्कायो त्यति तन्काउन मिल्ने भनौं हिन्दि सिरियल जस्तो घरमा आमाले हेरेको देख्छु कहानि जाहाँको त्यहि हुन्छ तन्काको तन्कै ।

ल अब लागियो समाचार पढ्न
सुदिन


Tuesday, September 7, 2010

जय गणेश

भदौ २२ गते मंगलबार जय गणेश


लामो अन्तराल पछि तपाईहरु समक्ष उपस्थित भएको छु । लामै भएछ तपाईहरुको प्रतिक्षा र मेरो जाँगर । यो बिचमा मेरो जिन्दगीले ठुलो फड्को मार्यो । एकदमै ठुलो फड्को भनिन्छ जिवनको यात्रामा कहिले काहि सोच्दै नसोचेको कुरा हुन्छ अथवा यो गर्छु भन्ने सोच्दा सोच्दै त्यो कर्म गरिहाल्नु पर्ने अवस्था । आफ्ना सुभचिन्तकहरुमा लुकाएर राखेको एउटा चिज अचानक सार्वजनिक भयो । यो ब्लग शुरु गरेको धेरै समय अघि देखि यो लेखक प्रेममा चुर्लुप्पे डुबेको थियो हा हा एउटा ढुन्गा सरह भएको मुटु पगालिनु भनेको ठुलै कुरो हो नि कि कसो अब पग्लीयो । बैश्ँख १६ गते पछि आज तपाईहरुलाई केहि नयाँ चिज पस्कने जमर्को गरिरा छु हेरौं केहि नयाँ निस्कन्छ कि नाई । आज भदौ २२ गते । बाफरे बाफ लामै समय भएछ तर यो लामो समयमा मेरो जिन्दगी पुर्ण रुपमा फेरियो । अचानक बिवाह सुत्रमा बाँधिनु ने ठुलो फड्को हो । ४ बर्षको अन्तरालमा हुने बिश्वकप फुटबलमा स्पेनले कब्जा जमाउदा मेरो जिन्दगिले नया फड्को मार्या थियो अब कम यादगार रहयो त यो क्षण मेरो लागी । देशमा प्रधानमन्त्रिको राजिनामा देखि नयाँ प्रधानमन्त्रि छान्ने नाटक माचन भैरहेको बेला मैले धेरै समयको लागी देशका नेताहरुलाई गालि गर्न समेत बिसर्िएको थिएँ । आज यसो आफ्नो ब्लग खोलेर हेर्दा केहि लेख्न मन लाग्यो । अब मेरो गित संगीत मनपराउने श्रोता वर्गमा मेरो सांगीतिक समुह THE UNITY ले नयाँ एल्बल चाँडो भन्दा चाँडो पस्कदैछ । माया बाहेक समसामयिक बिषयलाई केन्द्रबिन्दुमा राखेर हामि यसपालिको एल्बम श्रोता माझ राख्ने प्रयासमा छौं । AIDRAY , ASIF उत्तिकै उत्साहित छन् । काम अर्को साताबाट शुरु गर्दैछौं ।

आजबाट यो पृष्ण सधै भर्ने बाचाका साथ बिदा माग्दछृु । अब केहि बेरमा सामाचार बाचनमा जानुछ । यो बुधबार राति ९ बजे आउने स्कोरबोर्ड हेर्न नभुल्नु होला । हप्तामा एक दिन खेलकुदका गतिविधि हरे मन चन्गा हुन्छ अरे ।


सुदिन ।


Thursday, April 29, 2010

mero desh

बैशाख १६ गते

देश नयाँ परिवर्तन तर्फ अग्रसर भैरहेको उदघोष माओबादिले गरिरहेको छ । यो उद्घोषमा के स्वार्थ लुकेको होला त्यो शायद अब कुनै पनि दुधे बालकले पनि गर्न सक्छ होला …। सत्ता प्राप्तिको लागी नयाँ खेल । परिवर्तनको नाममा गरिएको नयाँ बाहाना त होला । माओबादि तेस्रो जन आन्दोलनको तैयारिमा छ अहिले काठमाण्डौमा माओबादि कार्यकर्ताहरुको भिड छ चोक चोक गल्लि गल्लिमा लाग्छ कुनै सानो मेला लागेको छ । माओबादि अध्यक्ष प्रचण्डले काठमाण्डौमा जनसागर उर्लाएर सिह झै गर्जिने र स्यालहरुलाई लखेट्ने क्रुुुरा बताउनुु भयो ु, वहाँले स्याल भनेर पक्कै पनि अन्य दलका नेताहरुलाई भन्नु भएको होला । म माओबादिको बिरोधि होईन म बाँच्न हिँड्न खानको लागी वातावरण बिगार्नेहरुको बिरोधि हुँ । किनभने म काम गरेर खाने मान्छे , अब यो आन्दोलनले देशलाई कता लम्क्याउँछ त्यो त केहि दिनमै थाहा हुनेछ ,, तर एउटा कुरा प्रष्ट छ जुन सबैलाई थाहा छ केहि हुने वाला होईन ……। कसैले केहि गर्ने होईनन् । सबै बर्ग जाति समुदायका सोझा साझा जनतालाई उचालेर केहि फलिफाप हुदैन यो कुरा उकास्ने पार्टिका ठुला बडालाई पनि थाहा छ थाहा भै भै वहाँहरु यो खेल खेल्दै हुुनुुहुन्छ ु किन किनभने वाहाँहरु राजनितिको घिनैाना खेल खेल्दै हुुनुुहन्छ ।

मेरो घर बिराटनगर मेरा धेरै साथिहरु फोरम अथवा तराईतिरका मधेशी पार्टिको सदस्यहरु छन् घर जाँदा उनीहरु सग भेट हून्छ रमाईलो हुन्छ अनि मैले सोधे किन फोरमको सदस्य भएको यार उसले भन्यो हामि हेपियौ हामिलाई सुविधाबाट बन्चित गरियो मेले उसले बोकेको आई फोन र अन्य नयाँ ग्याजेटहरु देखे उसले आफुलाई हेपिएको सुबिधाबाट बन्चित भएको कुरा उठाएको थियो तर उ संंग ति सबै सेवा सुविधाका बस्तुहरु थियो अनि म मनमनै हाँसे र भने वाह राजनिति । उ त्यसै उचालिएको क्ररा प्रस्ट हुन्छ मैले भनेको करा साधारण हुन सक्छ तर यस्तै त होला ।

मैले केहि समय अगाडि jungle एउटा कथा भनेको थिएँ जाहाँ एउटा िसंहले एउटा बाखा्रको पाठिलाई भेटेर दिर्घजिवि भव भन्ने आशिर्वाद दिएको हुन्छ । त्यो बाख्राको पाठिले आमालाई सोध्छे आज सिहले हामिलाई किन नखाएको बाख्राको आमाले हाँसेर जवाफ दिन्छे शायद jungle ;गलमा चुनाव आउने वाला छ ।

हामि सतर्क भयौं भने मात्र पुग्छ कसैको पछि नलागेर आफु र आफ्नो घर परिवार टोल छिमेकको बारेमा मात्र सोचे देश त्यसै अगाडि बढ्छ ।

सुदिन । ध


Tuesday, April 13, 2010

NEW YEAR - 2067

बैशाख १ गते २०६७ साल

लाग्यो आजबाट २०६७

बित्यो भयानक २००६६ ।

आशा गरौ यो बर्षमा दॆशले ठुलै कोल्टे फेर्ने छ

हरेक नेपालीहरुको भागमा धेरै कुरा पर्नेछ ।

शायद २०६५ साल सकिदा पनि हामि सबैले यस्तै केहि सोचेका थियौं होला २०६६ सालमा नेपालले ठुलै कोल्टे फेर्नेछ भनेर . तर त्यो भएन र यो बर्ष पनि त्यस्तै होला भन्ने मा कसैको दुईु मत न होला । हिजोको बर्ष सम्झीदा डर लाग्य साँच्चैनै डर लाग्छ । नेपाली राजनितिको घिनलाग्दो क्ररा त के गर्नु , त्यो संसारनै त्यस्तै हो संसारमै त्यस्तो हुनुछ तर हाम्रो र अन्य देशको तुलना गर्दा हाम्रो मा घिन्लाग्दो खेल हुन्छ जुन त्यहाँ हुदैन । २०६६ सालमा पुर्व मेचि देखि पश्चिम माहाकालि सम्म कतै शान्त रहेन खै कसले सरापेको होला यो देशलाई मान्छे मार्ने बन्द हडताल त सामान्य नै भैसक्यो एक किसिमले कुरा गर्ने हो भने हाम्रो दिन चर्या हरेक क्षेत्र त्रसित छ आजकल ।

आशा गरौ यो बर्ष त्यसो नहोस् देशले हरेक क्षेत्रमा प्रगति गरोस नेपालीहरुको घरमा खुशियालि छाओस ।

बत्ति पानि बिना अस्तब्यस्त मेरो देश

टुकि्रने भत्त्किने सोचमा रहेको मेरो देश

छिमेकि शक्तिशालि देशहरुको टुुँडि खेल बनेको मेरो देश

नलागोस् कसैको आँखा यसलाई , नलडुन अब फेरि दाजु भाई

यहि छ मेरो प्रार्थना नव बर्षको सबैलाई ।

सुदिन ।


Tuesday, March 23, 2010

......................

चौत्र ११ गते

आज धेरै पछि केहि लेख्ने सुर चल्यो यो सुर भन्ने चिज पनि अचम्मको हुदो रहेछ लेख्न बस्दा दिमागमा केहि चल्नै पर्ने दिमाग यता उता गयो कि केहि पनि नफुर्ने । एक हप्ते दुबै भ्रमण पछि फेरि आफ्नो दैनिकिमा फर्किएकेा छु । दुबैको भ्रमण रमाईलो भयो कार्यक्रम गर्न जाँदा जोश नै अर्कै हुन्छ । फेरि आजकल हरेक मुलुक जाँदा हाम्रा दाजुभाईहरुलाई भेटिन्छ दुबै र आबुधाबिमा नदेख्ने त कुरै भएन मेहेनत गर्न गएका हाम्रा कर्मठ नेपाली दाजुभाईहरु सबैको जिवनस्तर आफ्नै आफ्नै किसिमको कोहि ठुला बडा कोहि तल्लो स्तरको काम गर्ने तर सबै जोश र जाँगरका साथ काम गर्ने । म आसिफ अमित र डि जे रुपेशले खुब नचायौं । दुबैका अभिशेस आशिर्वाद रोसन शंकर पंकजहरुलाई म धन्यबाद दिन चाहन्छु उनीहरुकै मेहेनत थियो । अनि रमेश दाईको ठट्यौलि समग्रमा रामाईलो भयो ।

तर नेपाल आउदा मन खिन्न थियो खिन्न हुनु स्वभाविक नै थियो । दुबै जस्तो मनोरम शहर छाडेर आउनु परेकोमा मन खिन्न होईन् पुरै देश शोकमग्न थियो । नेपाली राजनितिका माहा नयाक गिरिजा बाबुको निधनले मेरो मन पनि खिन्न हुनु स्वभाविक थियो । सुनसान काठमाण्डौ घर गएर कान्तिपुर हेर्दा दशरथ रंगशालामा गिरिजा बाबुलाई अन्तिम श्रद्धान्जलि दिन आएको मानव सागर देखेर लाग्यो साँच्चैनै गिरिजा बाबु माहा नायक हुन भनेर । चोक चोकमा वहाँलाई श्रद्धान्जलि दिन के बुढा के युवक सबै बर्गका ब्यक्तिहरुको उपास्थिति ।

मनमा एक किसिमको डर थियो अब देश कतातिर लम्किन्छ भन्ने डर । राजनितिक खिचातानि चलिरहेको बेला , संबिधान लेख्ने नखेख्ने भनेर अन्यौलमा परेको बेला गिरिजा बाबुले सबैलाई छाडृेृर जानुभयो . अब के गर्लान हाम्रँ देश हाँक्ने भनेर ढिन्ढोरा पिट्दै हिड्ने हाम्रा नेताहरु संकटमा छ मेरो देश यो डर पलायो अब अचानक डर बढ्ने क्रम जारि नै छ अब झन मुलुक अन्धकार तिर लम्किन्छ भन्ने डरले पिरोलेको छ मेरो देशको भविष्य संग मेरो लगायत सम्पुर्ण नेपालीहरुको भविष्य जोडिएको छ । यो ३० बषृ्रे ज्यानले सबै कुरुा भोगेको छ २०४५ सालको जन आन्दोलन ु पनि हेरियो राजा बिरेन्द्रको बंश नाश हुनेगरि भएको हत्योको समयमा पनि भोगियो माओवादि जनयुद्ध पनि देखियो भने यो शरिरले १४ घण्टाको लोडसेिड¨को मार पनि भोगिसकेको छ । अब के को डर भन्ने प्रश्न उठ्न पनि सक्छ तर यो डर भिन्ने डर हो अब त पुरै मुलुकको भविष्यको डर हो ।

अब के हुन्छ केहि भयो भने के गर्ने होला

सुदिन ।