आज हरितालिका तिज समस्त दिदि बहिनिहरुमा तिजको शुभकामना
तर आज म तिजको कुरा गर्दिन । अरु कुरै गर्छु ।
५३ । ५४ साल देखि नेपाली गित संगीतमा लागियो प्रत्यक्ष रुपमा सुगम संग मिलेर त्यो थियो बेला । पछि गिरिश र प्रनिल दाईले मलँई अवसर दिएर नेपाली र् याप तिर प्रवेश गरें । राम्रै अवसर दिएका हुन् पहिलो गितनै चल्यो चल्यो के भन्नु धमाकानै भयो । त्यो बेलाको समय भिन्नै थियो । फस्टाएको थियो नेपाली सांगीतिक संसार गायक कलाकारहरुले पनि राम्रै कामाउथे र कम्पनिहरुले पनि राम्रै ब्यापार गर्थे पाईरेसि थियो तर अहिलेको जस्तो थिएन तर भए पनि फरक पर्दैन थियो किनभने देशको अवस्था राम्रो थियो । सांगीतिक कार्यक्रमहरु थुप्रै हुन्थे । म सम्झन्छु हाम्रो She's The Bomb च्याङ्ग्बा , आँखाभरि , पहिलो माया भन्नै गितहरु प्रख्यात भएको बेला महिनामा ३ वटा सांगीतिक कार्यक्रमहरु गरिन्थ्यो । धेरै पहिले पनि होईन भन्या ३ बर्ष अगाडिको कुरा तर देशको राजनितिक खिचातानिले कसरि सबै क्षेत्रलाई असर गर्छ भन्ने जलन्त उदाहरण अहिले देख्न सकिन्छ । चलेका कालाकारहरुलाई त्यो बेला भ्याई नभ्याई थियो राजधानिमा यति धेरै कार्यक्रम हुन्थ्यो के भन्ने । तर अहिले खै कार्यक्रमहरु । खै रात्रि जिवन रात्रि जिवन ठप्प नै भयो । रात्रि जिवन हुनुपर्छ भन्ने सोच राख्ने मान्छे हुँ म । अब किन छैन भन्दा सुरक्षा छैन त्यसैले सुरक्षा दिने कसले सरकारले तर सरकारको कुरा गर्ने हो भने भो नगरौं होला कति गालि गर्ने कुकुरको पुच्छर बान्गोको बान्गो । यो कुराहरु किन गरिरहेको छु भने श्रोताहरु म्ाझ नयाँ एल्बम पस्कने तैयारिमा लागेको बेलमा यो सोच आएको हो । हुनत मेरो संगीत एउटा पेशा नै हो तर यो मौसमे खेति झै छ दशै तिहार नयाँ बर्षमा सम्झन्छन् आयोजकहरुले । तर उनीहरुको पनि आफ्नै बिडम्बना छ केहि दिन अघि एकजाना आयोजक संग कुरा भएको थियो मेरो उसले आफ्नो पिडा सुनायो सुदिन जि अब प्रायोजकहरु नै मान्दैनन् कार्यक्रम गर्न अनि कलाकारहरुलाई उनीहरुको पारिश्रमिक नदिई पठाउन नराम्रो लाग्छ उ कुनै बेला राजधानिमा थुप्रै कार्यक्रम गथ्र्यो । अहिले उ अर्कै ब्यापारमा ब्यस्त छ र राम्रै गरिरहेको छ । तर यो संगीतको नशा यस्तो हुदो रहेछ कि के भन्ने
यि सबैको गाँठो जोडिएको छ ओह्ालो लागेको नेपाली राजनिति संग । केहि दिन अघि खेलकुद समाचारको पालो कुर्दा नेपालको बर्तमान अवस्थाको समाचारले झन दिक्क पार्यो । नेपाल बिश्व बरियतामा पछाडिबाट १० औं स्थानमा छ अब हामि सोचौ हामि कता छैंा भनेर । हरे … दिक्क लाग्छ । त्यहि पनि पापि पेटको सवाल छ काम गर्नै पर्यो राम्रँे लाउनै पर्यो खानै पर्यो र खुशि हुनै पर्यो आफ्नै देशमा बसेर …। अब के लेखौं । यो राजनिति र समसामयिक कुरा रबर जस्तो जति तन्कायो त्यति तन्काउन मिल्ने भनौं हिन्दि सिरियल जस्तो घरमा आमाले हेरेको देख्छु कहानि जाहाँको त्यहि हुन्छ तन्काको तन्कै ।
ल अब लागियो समाचार पढ्न
सुदिन
Saturday, September 11, 2010
Tuesday, September 7, 2010
जय गणेश
भदौ २२ गते मंगलबार जय गणेश
लामो अन्तराल पछि तपाईहरु समक्ष उपस्थित भएको छु । लामै भएछ तपाईहरुको प्रतिक्षा र मेरो जाँगर । यो बिचमा मेरो जिन्दगीले ठुलो फड्को मार्यो । एकदमै ठुलो फड्को भनिन्छ जिवनको यात्रामा कहिले काहि सोच्दै नसोचेको कुरा हुन्छ अथवा यो गर्छु भन्ने सोच्दा सोच्दै त्यो कर्म गरिहाल्नु पर्ने अवस्था । आफ्ना सुभचिन्तकहरुमा लुकाएर राखेको एउटा चिज अचानक सार्वजनिक भयो । यो ब्लग शुरु गरेको धेरै समय अघि देखि यो लेखक प्रेममा चुर्लुप्पे डुबेको थियो हा हा एउटा ढुन्गा सरह भएको मुटु पगालिनु भनेको ठुलै कुरो हो नि कि कसो अब पग्लीयो । बैश्ँख १६ गते पछि आज तपाईहरुलाई केहि नयाँ चिज पस्कने जमर्को गरिरा छु हेरौं केहि नयाँ निस्कन्छ कि नाई । आज भदौ २२ गते । बाफरे बाफ लामै समय भएछ तर यो लामो समयमा मेरो जिन्दगी पुर्ण रुपमा फेरियो । अचानक बिवाह सुत्रमा बाँधिनु ने ठुलो फड्को हो । ४ बर्षको अन्तरालमा हुने बिश्वकप फुटबलमा स्पेनले कब्जा जमाउदा मेरो जिन्दगिले नया फड्को मार्या थियो अब कम यादगार रहयो त यो क्षण मेरो लागी । देशमा प्रधानमन्त्रिको राजिनामा देखि नयाँ प्रधानमन्त्रि छान्ने नाटक माचन भैरहेको बेला मैले धेरै समयको लागी देशका नेताहरुलाई गालि गर्न समेत बिसर्िएको थिएँ । आज यसो आफ्नो ब्लग खोलेर हेर्दा केहि लेख्न मन लाग्यो । अब मेरो गित संगीत मनपराउने श्रोता वर्गमा मेरो सांगीतिक समुह THE UNITY ले नयाँ एल्बल चाँडो भन्दा चाँडो पस्कदैछ । माया बाहेक समसामयिक बिषयलाई केन्द्रबिन्दुमा राखेर हामि यसपालिको एल्बम श्रोता माझ राख्ने प्रयासमा छौं । AIDRAY , ASIF उत्तिकै उत्साहित छन् । काम अर्को साताबाट शुरु गर्दैछौं ।
आजबाट यो पृष्ण सधै भर्ने बाचाका साथ बिदा माग्दछृु । अब केहि बेरमा सामाचार बाचनमा जानुछ । यो बुधबार राति ९ बजे आउने स्कोरबोर्ड हेर्न नभुल्नु होला । हप्तामा एक दिन खेलकुदका गतिविधि हरे मन चन्गा हुन्छ अरे ।
सुदिन ।

Thursday, April 29, 2010
mero desh
बैशाख १६ गते
देश नयाँ परिवर्तन तर्फ अग्रसर भैरहेको उदघोष माओबादिले गरिरहेको छ । यो उद्घोषमा के स्वार्थ लुकेको होला त्यो शायद अब कुनै पनि दुधे बालकले पनि गर्न सक्छ होला …। सत्ता प्राप्तिको लागी नयाँ खेल । परिवर्तनको नाममा गरिएको नयाँ बाहाना त होला । माओबादि तेस्रो जन आन्दोलनको तैयारिमा छ अहिले काठमाण्डौमा माओबादि कार्यकर्ताहरुको भिड छ चोक चोक गल्लि गल्लिमा लाग्छ कुनै सानो मेला लागेको छ । माओबादि अध्यक्ष प्रचण्डले काठमाण्डौमा जनसागर उर्लाएर सिह झै गर्जिने र स्यालहरुलाई लखेट्ने क्रुुुरा बताउनुु भयो ु, वहाँले स्याल भनेर पक्कै पनि अन्य दलका नेताहरुलाई भन्नु भएको होला । म माओबादिको बिरोधि होईन म बाँच्न हिँड्न खानको लागी वातावरण बिगार्नेहरुको बिरोधि हुँ । किनभने म काम गरेर खाने मान्छे , अब यो आन्दोलनले देशलाई कता लम्क्याउँछ त्यो त केहि दिनमै थाहा हुनेछ ,, तर एउटा कुरा प्रष्ट छ जुन सबैलाई थाहा छ केहि हुने वाला होईन ……। कसैले केहि गर्ने होईनन् । सबै बर्ग जाति समुदायका सोझा साझा जनतालाई उचालेर केहि फलिफाप हुदैन यो कुरा उकास्ने पार्टिका ठुला बडालाई पनि थाहा छ थाहा भै भै वहाँहरु यो खेल खेल्दै हुुनुुहुन्छ ु किन किनभने वाहाँहरु राजनितिको घिनैाना खेल खेल्दै हुुनुुहन्छ ।
मेरो घर बिराटनगर मेरा धेरै साथिहरु फोरम अथवा तराईतिरका मधेशी पार्टिको सदस्यहरु छन् घर जाँदा उनीहरु सग भेट हून्छ रमाईलो हुन्छ अनि मैले सोधे किन फोरमको सदस्य भएको यार उसले भन्यो हामि हेपियौ हामिलाई सुविधाबाट बन्चित गरियो मेले उसले बोकेको आई फोन र अन्य नयाँ ग्याजेटहरु देखे उसले आफुलाई हेपिएको सुबिधाबाट बन्चित भएको कुरा उठाएको थियो तर उ संंग ति सबै सेवा सुविधाका बस्तुहरु थियो अनि म मनमनै हाँसे र भने वाह राजनिति । उ त्यसै उचालिएको क्ररा प्रस्ट हुन्छ मैले भनेको करा साधारण हुन सक्छ तर यस्तै त होला ।
मैले केहि समय अगाडि jungle एउटा कथा भनेको थिएँ जाहाँ एउटा िसंहले एउटा बाखा्रको पाठिलाई भेटेर दिर्घजिवि भव भन्ने आशिर्वाद दिएको हुन्छ । त्यो बाख्राको पाठिले आमालाई सोध्छे आज सिहले हामिलाई किन नखाएको बाख्राको आमाले हाँसेर जवाफ दिन्छे शायद jungle ;गलमा चुनाव आउने वाला छ ।
हामि सतर्क भयौं भने मात्र पुग्छ कसैको पछि नलागेर आफु र आफ्नो घर परिवार टोल छिमेकको बारेमा मात्र सोचे देश त्यसै अगाडि बढ्छ ।
सुदिन । ध

Tuesday, April 13, 2010
NEW YEAR - 2067
बैशाख १ गते २०६७ साल
लाग्यो आजबाट २०६७
बित्यो भयानक २००६६ ।
आशा गरौ यो बर्षमा दॆशले ठुलै कोल्टे फेर्ने छ
हरेक नेपालीहरुको भागमा धेरै कुरा पर्नेछ ।
शायद २०६५ साल सकिदा पनि हामि सबैले यस्तै केहि सोचेका थियौं होला २०६६ सालमा नेपालले ठुलै कोल्टे फेर्नेछ भनेर . तर त्यो भएन र यो बर्ष पनि त्यस्तै होला भन्ने मा कसैको दुईु मत न होला । हिजोको बर्ष सम्झीदा डर लाग्य साँच्चैनै डर लाग्छ । नेपाली राजनितिको घिनलाग्दो क्ररा त के गर्नु , त्यो संसारनै त्यस्तै हो संसारमै त्यस्तो हुनुछ तर हाम्रो र अन्य देशको तुलना गर्दा हाम्रो मा घिन्लाग्दो खेल हुन्छ जुन त्यहाँ हुदैन । २०६६ सालमा पुर्व मेचि देखि पश्चिम माहाकालि सम्म कतै शान्त रहेन खै कसले सरापेको होला यो देशलाई मान्छे मार्ने बन्द हडताल त सामान्य नै भैसक्यो एक किसिमले कुरा गर्ने हो भने हाम्रो दिन चर्या हरेक क्षेत्र त्रसित छ आजकल ।
आशा गरौ यो बर्ष त्यसो नहोस् देशले हरेक क्षेत्रमा प्रगति गरोस नेपालीहरुको घरमा खुशियालि छाओस ।
बत्ति पानि बिना अस्तब्यस्त मेरो देश
टुकि्रने भत्त्किने सोचमा रहेको मेरो देश
छिमेकि शक्तिशालि देशहरुको टुुँडि खेल बनेको मेरो देश
नलागोस् कसैको आँखा यसलाई , नलडुन अब फेरि दाजु भाई
यहि छ मेरो प्रार्थना नव बर्षको सबैलाई ।

Tuesday, March 23, 2010
......................
चौत्र ११ गते
आज धेरै पछि केहि लेख्ने सुर चल्यो यो सुर भन्ने चिज पनि अचम्मको हुदो रहेछ लेख्न बस्दा दिमागमा केहि चल्नै पर्ने दिमाग यता उता गयो कि केहि पनि नफुर्ने । एक हप्ते दुबै भ्रमण पछि फेरि आफ्नो दैनिकिमा फर्किएकेा छु । दुबैको भ्रमण रमाईलो भयो कार्यक्रम गर्न जाँदा जोश नै अर्कै हुन्छ । फेरि आजकल हरेक मुलुक जाँदा हाम्रा दाजुभाईहरुलाई भेटिन्छ दुबै र आबुधाबिमा नदेख्ने त कुरै भएन मेहेनत गर्न गएका हाम्रा कर्मठ नेपाली दाजुभाईहरु सबैको जिवनस्तर आफ्नै आफ्नै किसिमको कोहि ठुला बडा कोहि तल्लो स्तरको काम गर्ने तर सबै जोश र जाँगरका साथ काम गर्ने । म आसिफ अमित र डि जे रुपेशले खुब नचायौं । दुबैका अभिशेस आशिर्वाद रोसन शंकर पंकजहरुलाई म धन्यबाद दिन चाहन्छु उनीहरुकै मेहेनत थियो । अनि रमेश दाईको ठट्यौलि समग्रमा रामाईलो भयो ।
तर नेपाल आउदा मन खिन्न थियो खिन्न हुनु स्वभाविक नै थियो । दुबै जस्तो मनोरम शहर छाडेर आउनु परेकोमा मन खिन्न होईन् पुरै देश शोकमग्न थियो । नेपाली राजनितिका माहा नयाक गिरिजा बाबुको निधनले मेरो मन पनि खिन्न हुनु स्वभाविक थियो । सुनसान काठमाण्डौ घर गएर कान्तिपुर हेर्दा दशरथ रंगशालामा गिरिजा बाबुलाई अन्तिम श्रद्धान्जलि दिन आएको मानव सागर देखेर लाग्यो साँच्चैनै गिरिजा बाबु माहा नायक हुन भनेर । चोक चोकमा वहाँलाई श्रद्धान्जलि दिन के बुढा के युवक सबै बर्गका ब्यक्तिहरुको उपास्थिति ।
मनमा एक किसिमको डर थियो अब देश कतातिर लम्किन्छ भन्ने डर । राजनितिक खिचातानि चलिरहेको बेला , संबिधान लेख्ने नखेख्ने भनेर अन्यौलमा परेको बेला गिरिजा बाबुले सबैलाई छाडृेृर जानुभयो . अब के गर्लान हाम्रँ देश हाँक्ने भनेर ढिन्ढोरा पिट्दै हिड्ने हाम्रा नेताहरु संकटमा छ मेरो देश यो डर पलायो अब अचानक डर बढ्ने क्रम जारि नै छ अब झन मुलुक अन्धकार तिर लम्किन्छ भन्ने डरले पिरोलेको छ मेरो देशको भविष्य संग मेरो लगायत सम्पुर्ण नेपालीहरुको भविष्य जोडिएको छ । यो ३० बषृ्रे ज्यानले सबै कुरुा भोगेको छ २०४५ सालको जन आन्दोलन ु पनि हेरियो राजा बिरेन्द्रको बंश नाश हुनेगरि भएको हत्योको समयमा पनि भोगियो माओवादि जनयुद्ध पनि देखियो भने यो शरिरले १४ घण्टाको लोडसेिड¨को मार पनि भोगिसकेको छ । अब के को डर भन्ने प्रश्न उठ्न पनि सक्छ तर यो डर भिन्ने डर हो अब त पुरै मुलुकको भविष्यको डर हो ।
अब के हुन्छ केहि भयो भने के गर्ने होला

Sunday, February 28, 2010
Nepal Beat The AMERICANS
फाल्गुन १७ गते ।
आज धेरै पछि पाना भर्न मन लाग्यो किनभने बिगत केहि दिन देखि दिमागमा केहि पनि फुरेको थिएन । प्राय सबै दिन कि्रकेटको रिपोर्टि¨ मै ब्यस्त भईयो । होलि खेलेर आज अलि फुस्रदमा छु ।
नेपालले अमेरिकालाई हरायो । यो समाचार हाम्रो लागी एकदम ठुलो समाचार हो । किन भने संसारको सबैभन्दा शक्तिशालि मुलुकलाई हामिले पराजित गर्नु भनेको ठुलो समाचार हो । हुन त कि्रकेट खेल अमेरिकामा धेरै अघि देखि खेल्न शुरु गरिएको हो तर अमेरिकि हरुले बेसबललाई प्रख्यात बनाए त्यो तिनिहरुको समास्या हो । कि्रकेटमा चाख राख्नेहरुले अमेरिकाले कि्रकेट खेल्छ भनेर सुन्दा छक्क परेका थिए धेरैले त मलाई बेसबल जस्तै खेल्बनक होला है भनेर पनि सोधेका थिए । अमेरिका संगको फाईनल हेर्न करिब २० हजार दर्शकहरु किर्तिपुर मैदानमा थिए २० हजार त्यो पनि कि्रकेटमा वाह नेपालमा खेल्न आउने कुनै पनि देशको आधा मनोबल दर्शकहरुले गिराईदिन्छन् । किन भने नेपाल खेल्न आउने देशमा कि्रकेट म्याच भयो भने औंलामा गन्न मिल्ने दर्शकहरु मैदानमा हुन्छन् । तर यसपालि अमेरिकि टोलि पुरा तैयारिका साथ थियोृ । अन्तिम लिग खेलमा १५ हजार दर्शहरुको उपस्थिति थियो । अमेरिकाले नेपाललाई मज्जाले हराई दियो । भाग्यवश नेपाल फाईनलमा प्रवेश गर्यो । तर यसपालि नेपाल तैयार थियो नेपालको ऐतिहासिक जितको साक्षि बन्यो २० हजार दर्शक । पहिलो पटक नेपालले कुनै प्रतियोगीतामा प्रवेश पायो । डिभिजन फोरमा प्रवेश गर्यो नेपाल ।
तर अमेरिकि टोलिले जाँदा जाँदै नेपाली खेलाडीहरुलाई गुन लगाएर गएका छन् । अमेरिका बिश्वकै धनि राष्ट्र त्यहाँ खेलकुदमा पैसाको खोला बग्छ खेलाडीको प्रशिक्षँण देखि लिएर उसको सबै सामागि्रको ब्यवस्थामा समेत पैसाको खोला बग्छ । यसपालि अमेरिकि खेलाडीहरुले आफ्नो सम्पुर्ण खेल सामाग्रीहरु नेपाली खेलाडीहरुलाई उपाहार स्वरुप प्रदान गरेर गए । यो ठुलो कुरा हो किनभने हाम्रा खेलाडीहरु निकै मेहेनेति छन् तर नेपाल सरकारले केहि गर्न सक्या छैन अब नेपाल सरकारको ब्यवस्थापन तिर नजाउँ होला त्यो जगजाहेर नै छ । खेलकुदमा पैसा खर्च भन्ने कुरा यो त …॥ के भन्ने मैले ।
जे होस शिर ठाडो बनाए हाम्रँ खेलाडीहरुले हामिले अमेरिकालाई पराजित गर्न सक्ने खेल एउटै हो त्यो हो कि्रकेट । नेपाली खेलाडीहरु लाई मेरो तर्फबाट धेरै धेरै बधाई ।

Thursday, February 18, 2010
जम्काभेट
फाल्गुन ६ गते बिहिबार ।
खेलकुद पत्रकारिता गरेको लगभग ९ बर्ष भैसक्दा धेरै बिस्रनै जम्काभेट भएका छन् । यस्ता जम्काभेटले म आफुलाई खेलकुद पत्रकार भएकोमा गर्वान्वित महशुस गर्दछु । आज पनि यस्तै भयो । शनिबारबाट काठमाण्डौमा शुरु हुने अँई सि सि डिभिजन फाईभ कि्रकेट पत्रकारिताको बारेमा रिपोर्टि¨ गर्न आज म सोल्टि होटन पुगेको थिएँ । रिपोर्टि¨ गरेर बाहिर निस्कदा मेरो साथि क्यामराम्यान योपेशले चिच्याउँदै एकजाना खेलाडीको नाम लियो ति खेलाडी थिए श्रीलंकाका पुर्व कप्तान र निकैनै भरपर्दा ब्याट्स्म्यान मार्भन अट्टपट्टू तिनलाई आफ्नो अगाडि देख्दा जिउनै सििर¨ भयो किनभने उनको स्टाईलको म पनि प्रसंसक हुँ । उनी त्यहाँ अलि ब्यस्त थिए मौकाको फाईदा उठाउदै म उनी नजिक गएर हात मिलाए र आफ्नो परिचय दिएँ र अन्तरवार्ताको लागाी कुरा गरे । उनले मलाई ५ मिनेट पछि भेर कुराए म कुरें उनी आए र उनी संग कान्तिपुर टिभिको लागी कुराकानि गरे । त्यसपछि म दंग परे । निकैनै दंग एकजाना कि्रकेटका मेहेनेति खेलाडी संगको भेट र कुराकानि पनि । मैले बिश्वस्तरिय खेलाडीहरु संग धेरै पटक जम्का भेट गरेको छु । कि्रकेटकै सिलसिलामा काठमाण्डौमै भारतका कुनैबेलाका राम्रँे अल राउण्डर रबिन िसंह पाकिस्तानका पुर्व खेलाडीहरु ईजाज एहेमद ईक्बाल सिकन्दर र सबैभन्दा मिठो अनुभव भयो श्रीलंकाकै पुर्व फास्ट बलर रुमेश रत्नायके संगको भलाकुसारि आज भन्दा ५ बर्ष अगाडि उनको मैले अन्तरवार्ता लिएको थिएँ । उनलाई केहि महिना अघि शारजाहा रंगशालामा भॆट्दा उनले मेरो नाम याद गरिरहेका रहेछन् । खुशि लाग्छ ।
त्यस्तै रामईलो अनुभव थियो भारतका पुर्व लिटल मास्टर सुनिल गावास्कर संगको भेट दंग परेको थिएँ गावास्करलाई भेट्दा उनी संग खिचाएको फोटो त मैले ठुलो बनाएर घरको भित्तामा समेत राख्या छु ।
एउटा रमाईलो कुरा सुनाउछु । एकपटक मलाई मेरो एकजाना साथिले फोन गर्यो र उसले मलाई सोध्यो सुदिन ग्रेग नोर्मन भनेको मान्छे को हो यार मैले किन भनेर सोधें उसले त्यो बुढा त म काम गर्ने होटलमा बस्या छ यार मेरो खुट्टा काम्यो मैले उसलाई उल्टो प्रश्न गरें अमिताब बच्चन भन्या को हो उसले भन्यो अरे यार सुपरस्टार अनि मैले उसलाई भने नोर्मन खेलकुदका सुपर स्टार हुन् गल्फका माहान खेलाडी उसले मलाई नोर्मनलाई भेटाईदियो र नर्मनलाई भेट्ने मौका पाएँ उनले मलाई गल्फको बलमा अटोग्राफ समेत दिए । सम्हालेर राख्या छु त्यो बल मैले ।
यस्तै केहि महिना अघि म यु ए ई गएको थिएँ टि ट्वेन्टि कि्रकेटको समाचार संकलन गर्न नेपाली कि्रकेट टोलि संग । शारजाह कि्रकेट मैदानमा प्रवेश गर्दा मेरो मुटुको गति तेज भएको थियो । किनभने शारजाह कुनै बेला कि्रकेटको लागी निकैनै प्रख्यात थियो मैले बाल्यकालमा दुरदर्शनमा शारजाहमा भएका खेलहरु खुब हेरेको थिएँ मलाई अझै पनि याद छ भारत पाकिस्तानको खेल हेर्न एकटपट त्याहाँ दाउद ईब्राहिम समेत पुगेका थिए । रंगशालाको मैदान जस्ताको त्यस्तै रहेछ तर भैातिक पुर्वाधारहरु जिर्ण अवस्थामा । त्यहाँ मैले मोहोम्मद भाईलाई भेटे लगभग ५५ नाघिसकेका मोहोम्मद भाई बिगत ३० बर्ष देखि त्यो मैदानका क्युरेटर भएर काम गरिरहेका छन् । उनले त्यो मैदानको तिता मिठा अनुभवहरु सुनाएका थिए । मैले पनि दाउद बसेको सिटमा बसेर फोटो खिचाएँ ।
यि सबै अहिले सम्मका मेरा बिस्रन नसक्ने जम्काभेटहरु हुन् ।

Subscribe to:
Posts (Atom)