Tuesday, March 23, 2010

......................

चौत्र ११ गते

आज धेरै पछि केहि लेख्ने सुर चल्यो यो सुर भन्ने चिज पनि अचम्मको हुदो रहेछ लेख्न बस्दा दिमागमा केहि चल्नै पर्ने दिमाग यता उता गयो कि केहि पनि नफुर्ने । एक हप्ते दुबै भ्रमण पछि फेरि आफ्नो दैनिकिमा फर्किएकेा छु । दुबैको भ्रमण रमाईलो भयो कार्यक्रम गर्न जाँदा जोश नै अर्कै हुन्छ । फेरि आजकल हरेक मुलुक जाँदा हाम्रा दाजुभाईहरुलाई भेटिन्छ दुबै र आबुधाबिमा नदेख्ने त कुरै भएन मेहेनत गर्न गएका हाम्रा कर्मठ नेपाली दाजुभाईहरु सबैको जिवनस्तर आफ्नै आफ्नै किसिमको कोहि ठुला बडा कोहि तल्लो स्तरको काम गर्ने तर सबै जोश र जाँगरका साथ काम गर्ने । म आसिफ अमित र डि जे रुपेशले खुब नचायौं । दुबैका अभिशेस आशिर्वाद रोसन शंकर पंकजहरुलाई म धन्यबाद दिन चाहन्छु उनीहरुकै मेहेनत थियो । अनि रमेश दाईको ठट्यौलि समग्रमा रामाईलो भयो ।

तर नेपाल आउदा मन खिन्न थियो खिन्न हुनु स्वभाविक नै थियो । दुबै जस्तो मनोरम शहर छाडेर आउनु परेकोमा मन खिन्न होईन् पुरै देश शोकमग्न थियो । नेपाली राजनितिका माहा नयाक गिरिजा बाबुको निधनले मेरो मन पनि खिन्न हुनु स्वभाविक थियो । सुनसान काठमाण्डौ घर गएर कान्तिपुर हेर्दा दशरथ रंगशालामा गिरिजा बाबुलाई अन्तिम श्रद्धान्जलि दिन आएको मानव सागर देखेर लाग्यो साँच्चैनै गिरिजा बाबु माहा नायक हुन भनेर । चोक चोकमा वहाँलाई श्रद्धान्जलि दिन के बुढा के युवक सबै बर्गका ब्यक्तिहरुको उपास्थिति ।

मनमा एक किसिमको डर थियो अब देश कतातिर लम्किन्छ भन्ने डर । राजनितिक खिचातानि चलिरहेको बेला , संबिधान लेख्ने नखेख्ने भनेर अन्यौलमा परेको बेला गिरिजा बाबुले सबैलाई छाडृेृर जानुभयो . अब के गर्लान हाम्रँ देश हाँक्ने भनेर ढिन्ढोरा पिट्दै हिड्ने हाम्रा नेताहरु संकटमा छ मेरो देश यो डर पलायो अब अचानक डर बढ्ने क्रम जारि नै छ अब झन मुलुक अन्धकार तिर लम्किन्छ भन्ने डरले पिरोलेको छ मेरो देशको भविष्य संग मेरो लगायत सम्पुर्ण नेपालीहरुको भविष्य जोडिएको छ । यो ३० बषृ्रे ज्यानले सबै कुरुा भोगेको छ २०४५ सालको जन आन्दोलन ु पनि हेरियो राजा बिरेन्द्रको बंश नाश हुनेगरि भएको हत्योको समयमा पनि भोगियो माओवादि जनयुद्ध पनि देखियो भने यो शरिरले १४ घण्टाको लोडसेिड¨को मार पनि भोगिसकेको छ । अब के को डर भन्ने प्रश्न उठ्न पनि सक्छ तर यो डर भिन्ने डर हो अब त पुरै मुलुकको भविष्यको डर हो ।

अब के हुन्छ केहि भयो भने के गर्ने होला

सुदिन ।