Tuesday, February 14, 2012

म सिड्निमा छु । नेपाल छाडेको आज ३ महिना भैसकेछ , थाहै पाईएन कसरि बित्यो यो ३ महिना , शायद यो चुस्त दौडिरहने शहरको बासिन्दा भएर होला समय बितेको पत्तै पाईन मैले त । तर भिन्ने भएको छ जिवन शैलि आजकल मेरो । पत्रकारको भुमिका त्यो पनि खेल पत्रकारको भुमिका निर्वाह गर्न पाउदा आनन्दित छु यो खेलकुदको शहरमा । जताततै खेलमैदान , खेल , खेलाडीहरु देखिन्छन यहा“त । एक दिनको कुरा हो , यहा“को प्रख्यात डार्लिङ्ग हार्बरमा अफ्नि जिवनसंगी डार्लिङ्ग संग घुमिरहेको थियो , मेरो छेउबाट एउटा चिनेको अनुहार छेउबाट गयो । म झस्याङ्ग भए“ , वकार युनिस , म त काम्न नै थाले , दौडिदै गएर एउटा फोटो खिचे , बा“कि गफ गर्न पाईन , वकार आफ्नो परिवार संग घुमिरहेका थिए । जिवन धन्य भएको जस्तै भयो । शायद यो खेलकुदको शहरमा भएको एउटा फाईदा यो पनि होला । भेटिरहन्छन् , क्रिकेटका हस्तिहरु , यहा“ कसैलाई कसैको मतलव छैन त्यसैले होला उनीहरु खुलेआम हिड्छन् । सबैभन्दा आनन्दको कुरा के छ भने जताततै आफ्नो देशका दाजु भाई दिदि बहिनिहरु हिडिरहेको पाईन्छ , पाखुरा सुकर््याएर काम गरिरहेका भेटिन्छन र जब उनीहरुले सुदिन दाई सन्चै भन्छन् तब निकै खुशि लाग्छ । काम गरेर आफ्नो रहन , खान पिन र कलेजको फिसको ब्यवस्थ ागर्न ब्यस्त छन् सबै , खुशि लाग्छ । म अहिले यहा“को एउटा टेलिभिजन स्टेशनमा काम सिक्दैछु । एस बि एस टेलिभिजन , यो टेलिभिजनको खासियत के हो भने यहा“ संसार छ , मतलब संसारका सबै ठाउ“का पत्रकारहरु काम गर्छन , मल्टिकल्चरल टेलिभिजन स्टेशन हो यो । यो टेलिभिजन स्टेशनको रेडियो पनि छ , हप्तामा एक दिन नेपाली कार्यक्रम पनि आउ“छ , मेरा पत्रकार मित्रहरु रसिज अर्याल र समिर घिमिरेले कहिले का“हि खेलकुद बिज्ञको रुपमा बोलाउछन् , अब क्रिकेटको बारेमा बोल्न पाउदा खुशि लाग्छ । समग्रमा भन्दा चलिरहेको छ मेरो जिन्दगीको गाडि यहा“ पनि , नेपाल हुदा जुन पेशाले खान लाउन दिईरहेको थियो यहा“ पनि त्यसैले नै साथ दिईरहेको छ । तर एउटा कुराले चाहि“ साह्ै दिक्क लाग्छ , यहा“ पनि नेपालीहरु बिभिन्न किसिमले बा“डिएका छन् । कोहि पार्टिको नारामा , कोहि जातपातको नारामा , कोहि पुर्वेलि भन्दै र कोहि पुर्वको पनि कुनै ठाउ“को संघको नाममा । एउटा कुहिएको स्याउले अरु स्याउहरुलाई पनि कुहाउ“छ भने झै , पक्कै पनि कुनै बेला केहि कुहिएका सोचहरुको प्रवेश नेपालबाट अष्ट्रेलियामा भयो र उसले कुहाउन थाल्यो । यो दुखको कुरा नै हो । यो कुरामा म देशलाई दोष दिन्न यो मानिसको कुहिएको मानसिकताको प्रतिफल हो । खैर यस्तो फाल्तुको कुरा गरेर समय बर्बाद नगरौं । यस्तैछ , चलिरहेको छ र चलिनैरहन्छ । आनन्द के छ भने बिजुलि छ , धारामा मुख हालेर आनन्दका साथ पनि खान पाईन्छ , नियम कानुन छ । अब यो शहरमा मेरो बसाई को ३ महिना सकिसकेको छ , २ बर्ष को योजना छ । फेरि भेटौला । सुदिन पोखरेल , सिड्निबाट ।