Thursday, April 29, 2010

mero desh

बैशाख १६ गते

देश नयाँ परिवर्तन तर्फ अग्रसर भैरहेको उदघोष माओबादिले गरिरहेको छ । यो उद्घोषमा के स्वार्थ लुकेको होला त्यो शायद अब कुनै पनि दुधे बालकले पनि गर्न सक्छ होला …। सत्ता प्राप्तिको लागी नयाँ खेल । परिवर्तनको नाममा गरिएको नयाँ बाहाना त होला । माओबादि तेस्रो जन आन्दोलनको तैयारिमा छ अहिले काठमाण्डौमा माओबादि कार्यकर्ताहरुको भिड छ चोक चोक गल्लि गल्लिमा लाग्छ कुनै सानो मेला लागेको छ । माओबादि अध्यक्ष प्रचण्डले काठमाण्डौमा जनसागर उर्लाएर सिह झै गर्जिने र स्यालहरुलाई लखेट्ने क्रुुुरा बताउनुु भयो ु, वहाँले स्याल भनेर पक्कै पनि अन्य दलका नेताहरुलाई भन्नु भएको होला । म माओबादिको बिरोधि होईन म बाँच्न हिँड्न खानको लागी वातावरण बिगार्नेहरुको बिरोधि हुँ । किनभने म काम गरेर खाने मान्छे , अब यो आन्दोलनले देशलाई कता लम्क्याउँछ त्यो त केहि दिनमै थाहा हुनेछ ,, तर एउटा कुरा प्रष्ट छ जुन सबैलाई थाहा छ केहि हुने वाला होईन ……। कसैले केहि गर्ने होईनन् । सबै बर्ग जाति समुदायका सोझा साझा जनतालाई उचालेर केहि फलिफाप हुदैन यो कुरा उकास्ने पार्टिका ठुला बडालाई पनि थाहा छ थाहा भै भै वहाँहरु यो खेल खेल्दै हुुनुुहुन्छ ु किन किनभने वाहाँहरु राजनितिको घिनैाना खेल खेल्दै हुुनुुहन्छ ।

मेरो घर बिराटनगर मेरा धेरै साथिहरु फोरम अथवा तराईतिरका मधेशी पार्टिको सदस्यहरु छन् घर जाँदा उनीहरु सग भेट हून्छ रमाईलो हुन्छ अनि मैले सोधे किन फोरमको सदस्य भएको यार उसले भन्यो हामि हेपियौ हामिलाई सुविधाबाट बन्चित गरियो मेले उसले बोकेको आई फोन र अन्य नयाँ ग्याजेटहरु देखे उसले आफुलाई हेपिएको सुबिधाबाट बन्चित भएको कुरा उठाएको थियो तर उ संंग ति सबै सेवा सुविधाका बस्तुहरु थियो अनि म मनमनै हाँसे र भने वाह राजनिति । उ त्यसै उचालिएको क्ररा प्रस्ट हुन्छ मैले भनेको करा साधारण हुन सक्छ तर यस्तै त होला ।

मैले केहि समय अगाडि jungle एउटा कथा भनेको थिएँ जाहाँ एउटा िसंहले एउटा बाखा्रको पाठिलाई भेटेर दिर्घजिवि भव भन्ने आशिर्वाद दिएको हुन्छ । त्यो बाख्राको पाठिले आमालाई सोध्छे आज सिहले हामिलाई किन नखाएको बाख्राको आमाले हाँसेर जवाफ दिन्छे शायद jungle ;गलमा चुनाव आउने वाला छ ।

हामि सतर्क भयौं भने मात्र पुग्छ कसैको पछि नलागेर आफु र आफ्नो घर परिवार टोल छिमेकको बारेमा मात्र सोचे देश त्यसै अगाडि बढ्छ ।

सुदिन । ध


Tuesday, April 13, 2010

NEW YEAR - 2067

बैशाख १ गते २०६७ साल

लाग्यो आजबाट २०६७

बित्यो भयानक २००६६ ।

आशा गरौ यो बर्षमा दॆशले ठुलै कोल्टे फेर्ने छ

हरेक नेपालीहरुको भागमा धेरै कुरा पर्नेछ ।

शायद २०६५ साल सकिदा पनि हामि सबैले यस्तै केहि सोचेका थियौं होला २०६६ सालमा नेपालले ठुलै कोल्टे फेर्नेछ भनेर . तर त्यो भएन र यो बर्ष पनि त्यस्तै होला भन्ने मा कसैको दुईु मत न होला । हिजोको बर्ष सम्झीदा डर लाग्य साँच्चैनै डर लाग्छ । नेपाली राजनितिको घिनलाग्दो क्ररा त के गर्नु , त्यो संसारनै त्यस्तै हो संसारमै त्यस्तो हुनुछ तर हाम्रो र अन्य देशको तुलना गर्दा हाम्रो मा घिन्लाग्दो खेल हुन्छ जुन त्यहाँ हुदैन । २०६६ सालमा पुर्व मेचि देखि पश्चिम माहाकालि सम्म कतै शान्त रहेन खै कसले सरापेको होला यो देशलाई मान्छे मार्ने बन्द हडताल त सामान्य नै भैसक्यो एक किसिमले कुरा गर्ने हो भने हाम्रो दिन चर्या हरेक क्षेत्र त्रसित छ आजकल ।

आशा गरौ यो बर्ष त्यसो नहोस् देशले हरेक क्षेत्रमा प्रगति गरोस नेपालीहरुको घरमा खुशियालि छाओस ।

बत्ति पानि बिना अस्तब्यस्त मेरो देश

टुकि्रने भत्त्किने सोचमा रहेको मेरो देश

छिमेकि शक्तिशालि देशहरुको टुुँडि खेल बनेको मेरो देश

नलागोस् कसैको आँखा यसलाई , नलडुन अब फेरि दाजु भाई

यहि छ मेरो प्रार्थना नव बर्षको सबैलाई ।

सुदिन ।