Sunday, January 31, 2010

बिशेस्वर शाहको पान र पिच्कारि ।

२०६६ साल माघ १८ गते सोममबार



आज धेरै पछि पानको आनन्द लिन पाएँ अफिस छेउमै छ एउटा पान पसल । म उसको पान पसलमा गएँ भने उ दंग पर्छ उसले मलाई टेलिभिजनमा काम गर्ने भनेर भन्दा पनि मैथलि बोल्न सक्ने उसको ग्रँहक भनेर चिन्छ म टुटेफुटेको मैथलि बोल्छु शुरमै बोल्छु र उ संग कुरा गर्दा उ दंग पर्छ कि छे हो आहाँ के हालचाल के छ तिम्रो हाल खबर उसले जवाफ दियो बढिया छे बाबु अर्थात राम्रो छ मिडा पानको स्वाद लिदै म अफिस भित्र छिरे आज उसले पान आएपछि पिचकारि मार्न मज्जा लाग्छ मलाई तर जथाभावि पिच्कारि नमारेको धेरै भयो । म बिराटनगरमा हुर्किको मेरो बाल्यकाल पुरै बिराटनगरमा बित्यो । सानो छदा टोलका दाईहरुले मुखमा पान राखेर गफ गरेको देख्दा मज्जा लाग्थ्यो र पान खाने मान्छे कोहि ठुलै मान्छे होला भन्ने मेरो सोचाई थियो र उनीहरु पान खाएर जुन मज्जाले पिचकारि मार्थे वाह मलाई देख्दा मज्जा लाग्थ्यो पिचकारि मार्ने भनेको मज्जाले थुक्ने घर भन्दा अलि पर हस्पीटल चोकमा थियो बंगालि दादाको पान पसल खुब मिठो पान बनाउथ्यो र त्यो भन्दा पनि ठुलेा र अझ मिठो पान खान मन लाग्यो भने पुग्नु पथ्र्यो गुदि्र दुबेको पान पसल दुबेले पान बनाईसक्दा त्यसमा एक किसिमको बास्ना आउने पदार्थ राख्थ्यो वाह क्या बास्ना आउथ्यो त्यो । एउटा रमाईलो प्रसंग याद आयो कक्षा ५ मा पढ्दा दशैको बेला खल्तिमा पैसा थियो दशैको नायाँ लुगा लगाएर बंगालि दादाकोमा पान खान गएँ मच्चि मच्चि साईकल कुदाएर हाफ पाईटिल अर्थात हाफ पेडल । पान मुखमा हाल्ना साथ मुखबाट पानको रातो रंग नयाँ टिसर्टमा झर्यो ला दशैको लुगा लगाएको पहिलो दिनमै बिगि्रएको देखेर म त रुन थाले तर बंगालि दादाले हतार हतार त्यो रंग सफा गरेर एकछिन घाममा बस्न लगाउनु भयो बल्ल बल्ल गयो त्यो रंग । कपडा बिगि्रएपनि पान चाहि खान छाडिन पान चबाउदै बाटोमा जता पाए त्यतै पिचकारि मार्दै घर फर्किए त्यो जथाभावि पिचकारि मार्न जुन मज्जा लाग्थ्यो वाह के भन्ने अनि पान खाएपछि मुख रातो भएको ऐनामा हेर्दा अर्कै मज्जा ।
आज पनि पान खाएँ एकछिन बाल्यकाल तिर पुग्न मन लाग्यो र जे पर्ला पर्ला भनेर मारियो पिचकारि हा हा अफिस बाहिर भित्र होईन ।
सुदिन ।

Saturday, January 30, 2010

Football

२०६६ साल माघ १६ गते शनिबार ।

आज फेरि एकपटन नेपाली फुटबलले निराश बनायो । साग खेलकुदमा भाग लिन पुगेको नेपाली टोलि बंग्लादेश संग ३ । ० ले हार्दा साहै चित्त दुख्यो । शायद मैले हाम्रा खेलाडीहरुबाट धेरै ठुलो आशा गरे। । आज मैले खेल पत्रकार नभएर नेपाली फुटबललाई माया गर्ने नेपाली भएर म्याच हेरें । किनभने खेल पत्रकार भएर हेर्या भए मलाई नतिजाले केहि असर गर्द्र्रैन थियो किनभने मलाई थाहा छ नेपालले किन हार्यो भनेर तर फुटबललाई माया गर्ने नेपाली भएर हेर्दा चित्त दुख्यो । किनभने पि्रमियरसिप स्पानिस लिग जस्ता बिश्वप्रसिद्ध क्लब फुटबल हेर्ने बानि लागेर होला म मेरो देशको फुटबल पनि त्यस्तै होस् भन्ने चाहन्छु जुन शायद हुनै नसक्ने कुरा हो । खत्तमनै भयो नेपाली फुटबल । तालमेलको कमि खेलाडीहरुमा त्यो जोश र जाँगरको कमि । तर म दोष दिन्छु हाम्रा पदाधिकारिहरुलाई , झैं झगडा गरेर लामो समय सम्म देशमा फुटबल प्रतियोगीता नगराउनु । यो नै हो ल नेपाली खेलाडीहरुमा त्यो जोश र जाँगरको कमि , देशमा फुटबल फुटबल फुटबल भएको भए आजको बंगलादेशका खेलाडीहरुलाई धरो धर्म हाम्रो खेलाडीहरुले हराउँथे ल । हाम्रा फुटबलका पदाधिकारिहरु र फुटबल खेलाडीहरुले पनि के बुझ्नु पर्यो भने हामि फुटबल समर्थकहरुलाई नतिजा चाहिन्छ खेलको पुरै समयमा पेल्दा पेल्दा गर्यो अन्तिम १० सेकेण्डमा गोल खाएर खेल हार्यो भने त्यो हार हो , हो , पेल्न त हामिले पेल्या हो तर खेल त हारियो नि यो कुरालाई चाहि हाम्रा खेलाडीहरु प्रशिक्षँक र पदाधिकारिहरुले बुझ्नु पर्यो । यो मेरो भावना हो फुबटल समर्थकको रुपमा । खालि आशा गछु यस पछिका खेलहरुमा म दंग पर्नेछु

सुदिन ।
२०६६ साल माघ १४ गते बिहिबार
…॥
घर आउँदा मेरो आमा बाबालाई ढोग्थीस्

म र तँ दाजुभाई हौ भन्थिस

याद छ मलाई तँ बिरामि भएको क्षण

आत्तिएको थिएँ जब पाएँ त्यो खबर

चिनिनस् मलाई एकछिन् सोचेर भनिस्

धेरै धेरै सोचेर र गरेर कोसिस्

नाम मेरो लिदा म रोएको थिएँ बुझिस्


तेरो त्यो लास हेरि मुटु कामेको थियो

लाग्यो मलाई अब अस्तायो मेरो कुल

दैबले तँलाई लगि गर्यो ठुलो भुल

हेडफोन लगाएर जब स्टुडियोमा छिर्छु

आँखा चिम्लन्छु अनि तँलाई सम्झन्छु

लाग्छ तँ मलाई सधैं हेरिरहेको छस्

यस्तै हो यहाँको चलन जहाँ छस तँ राम्रो संग बस् ।

यि शब्दहरु मैले मेरो मिलनसार साथि कुल पोखरेलको लागी लेखेको अन्तिम शब्दहरु हो कुलको लागी गित बनाउदा र यो सबै लेख्दा म अत्तिनै भावुक भएको थिएँ । पछि यो गित अनि म्युजिक भिडियोमा परिणत भएपछि कुललाई मनपर्नेहरु र उसले यो पृथ्वी छोडेर गए पछि उसलाई बिस्रनेहरु सबैले उसलाई एकपटक सम्झेका थिए ।
ठुलो ह्दय भएको थियो कुल सन् २००३ साल तिर जब उसको र मेरो चिनजान भयो उसको बोल्ने शैलि र उसको बिनदास रवैया देख्दा म अचम्ममा परेको थियो । के छ त नि सुदिन भनेर उसले म संग कुरा गरेको थियो । उसको बोल्ने शैलि अलि बेग्लै थियो नेपाली बोल्दा ठेट नेपाली बोल्थ्यो भने अंग्रेजि मिसाएर बोल्दा बेलायति नागरिक सरह उ बेलायतमा पढेको थियो । त्यसपछि मरो कार्यालयको समय पछिको समय उसको घरमा बित्तथ्यो हामि उसको घरलाई स्टुडियो कुल भन्थ्यौं शान्तिनगरमा थियो उसको फ्ल्याट । संगीतमा निकैनै तल्लिन भएर लागेको थियो कुल र उसको गित बनाउने र गाउने शैलिनै बेग्लै राति सुत्नेबेलमा उ कम्प्युटर अगाडि बस्थ्यो र बिहान उठ्दा उ त्यहि हुन्थ्यो । अनि हामिलाई सुनाउँथ्यो उसको नयाँ कम्पोज । एकचोटि उसले बनाएको मृत्यु भन्ने गित सुनेर मलाई डर लागेको थियो । उसले आफ्नो मृत्युको क्षणको कल्पना गरेर त्यो गित बनाएको थियो । डर लाग्दो थियो गितको शब्द जिउनै सििर¨ हुने ।
शान्तिनगरबाट उ सोल्टिमोडमा सरेपछि उ संगको संगत अलि कम भयो उ बस्थ्यो टाडा र जान आउननै समय लाग्ने हप्तामा एक पटक मात्र भेट हुन्थ्यो । अहिले उसको त्यो लगन त्यो संगीतप्रतिको मोह देख्दा नेपाली संगीतिक क्षेत्रमा उसको कमि खड्किन्छ । मैले पनि केहि प्रेरणा उ बाट पनि पाएको थिएँ त्यतिबेलाको मेरो संघर्षको बेला र त्यो बेला कुल जस्तो जाँगरिलो साथि पाउनु म आफुलाई भाग्यमानि नै ठान्छु । तर एक दिन अचानक उ बिरामि भएको खबर पाउँदा म आत्तिएँ उसलाई अस्पतालमा भेट्न जाँदा र उसको अवस्था देख्दा म रोएको थिएँ त्यसको केहि महिना पछि मलाई आसिफले पाटन अस्पताल आईज भन्यो उसले कुल हामि बिच रहेन भन्ना साथ म त एकछिन चुप्नै लागेको थिए वुवालाई लिएर अस्पतार गएर उसको पार्थिव शरिर हेर्दा म भक्कानो छोडेर रोएँ कुल सुतिरहेको थियो सुत्दा खेरि उसको हात छातिमा हुन्थ्यो र उसले उसलाई अत्तिनै मनपर्ने बास्केटबलको जसर्ि लगाएको थियो । लाग्थ्यो उ मस्त सुतिरहेको छ तर उसको यो सुताई सधैको लागी थियो । यति बेला मैले उसले मलाई सुनाएको मृत्यु सम्बन्धि गित सम्झे जसको बोल थियो कस्तो हुन्छ होला मेरो मृत्युको क्षण…………।
ब्याकरण एल्बम गर्दा म आसिफ र अमितले एउटा गित कुल प्रति समर्पित गर्नु पर्छ भनेर भनेका थियौं । उसको एउटा गित थियो म संग जुन उसले म संग गर्छु भन्थ्यो त्यहि गितलाई हामिले उसको नाममा समर्पित गर्यौं ।
आज यो प्रसंग कताबाट आयो भन्दा आज अफिस आउदा म शान्तिनगर तिर गएको थिएँ आफ्नो कामले त्यो बाटो हिड्दा हिड्दै म कुल बसेको पहिलाको घर तिर लागें एकछिन अडिएर मैले त्यो घर तिर हेरें कुलको याद झलझलि आयो उसको पहिलाको बासस्थान हेर्दै म धेरैबेर त्यहाँ अडिएँ ।

लाग्यो मलाई कुलले हेरिरहेको छ

सुदिन ।

Wednesday, January 27, 2010

म मेरा सबै शुभचिन्तक मित्रहरुलाई स्वागत गर्दछु ।
२०६६ सँल माघ १३ गते
आज भन्दा ठ्याक्क एक बर्ष अगाडि म अष्ट्रेलिया तिर बरालिदै थिए । पारिवारिक जमघट र आजैको दिन म आफ्नो जिवनको अविस्मरणिय क्षण मध्येको एक को घट्नामा थिए । म सिड्नि कि्रकेट ग्राउण्डमा थिएँ अष्ट्रेलिया र दक्षिण अफि्रका बिचको म्याच हेर्न तैयार आफ्नो हातमा मेरो मित्र दामोदरले म्याच टिकट दिदा म ज्यादै खुशि भएको थिएँ । म्याच त्यहाँको समय अनुसार २।३० मा शुरु हुने थियो तर मैले दामोदरलाई १२ बजेनै स्टेडियम तिर जान भने उत्साहित हुदै भित्र छिर्दा आफ्नो अगाडि एस सि जि थियो बिशाल रंगशाला । ५० हजार दर्शक अटाउने क्षमता भएको रंगशाला र ग्राउण्डको बिचमा दक्षिण अफि्रकाका खेलाडीहरु प्रशिक्षँणमा ब्यस्त के चाहियो आफुलाई आफ्नो अगाडि हर्शल गिब्स जे पि डुमिनि मखाया एन्टिन ए बि डिभिलियस्र र पिचको बिचमा थिए स्पिनका बादशाह शेन वार्न पिच रिपोर्ट दिन तैयार खेलाडीहरु संग फोटो खिच्न साहै मन लाग्यो । नेपालको रंगशाला भएको भए त सजिलै लिईन्थ्यो तर पर्यो एस सि जि बल्ल बल्ल एन्टिनिलाई कराउदा कराउदा उ नजिक आयो मैले दामोदरलाई क्यामरा दिएँ खिच्न तर उसले क्लिक गर्दा खालि मखायाको मात्रै तस्वीर आयो झण्डै मारे मैले त्यसलाई तर फेरि याद आयो ए यो टिकट त मलाई यसले नै दिएको अनि छाडिदिए केहि क्षण पछि म्याच शुरु भयो बिहान ईन्टरनेटमा सिड्निको त्यो दिनको तापक्रम चेक गर्याथिएँ ४० डिगि्र गर्मि बाफरे अनि साँझ ५ मा एस सि जि माथि आकाशमा बादल लाग्ने छ भनेर लेखिएको थियो जे लेख्या थियो त्यहि भयो ५ बजेको आसपास एस सि जि को माथि बादल अनि मैले सम्झीएँ हाम्रँे देशको मैासम पुर्वानुमान बिभाग जे भन्ने ठ्याक्के त्यसको उल्टो हुने । म्याच शुरु भयो रंगशाला भरिदै गयो केहि क्षण पछि स्क्रिनमा दर्शकहरुको उपस्थिति ५० हजार पुगेको देखियो वरिपरि ५० हजार दर्शक दशरथ रंगशालमा फुटबल हेर्दा २० हजार सम्म अटेको देखेको थिएँ ५० हजार देख्दा म तिन छक्क फेरि ४० डिगि्रको गर्मिमा म्याच हुर्दा मैले गर्मिनै बिसर्िएको थिएँ । म र दामोदर दक्षिण अफि्रकाको समर्थ वरि परि सबै अजि समर्थकहरु डर पनि लाग्यो तर खुब हल्ला गरियो । निकैनै रमाईलो गरियो अष्ट्रेलिया पुग्ना साथ मलाई दामोदरले भनेको थियो अष्ट्रेलिया थि्र बि को लागी चर्चित छ बिच , बियर र बार्बिक्यु हो रहेछ त्यो दिन त्यो रंगशालामा रहेको बियर बारले निकैनै ठुलो ब्यापार गर्यो खेल दक्षिण अफि्रकाले जित्यो र यो कुरा कान्तिपुर समाचारको समाचारमा प्रत्यक्ष टेलिफोन मार्फत गर्न पाउदा म ज्यादै खुशि भएको थिएँ ।
म्याच सकियो घर तर्फ लागें बाफरे बाफ ५० हजार दर्शकहरु एकै साथ मैदान बाहिर निस्कदा मेला झैं थियो । मैले त्यो म्याचको टिकटलाई नेपाल आएर फ्रेम गरेर राख्या छु । केहिले काहि सम्झन्छु त्यो रमाईलो क्षण खुशि लाग्छ एक खेल पत्रकारलाई यो भन्दा ठुलो उपलब्धि के नै होला र ।
सुदिन ।

Tuesday, January 26, 2010

jan 26 , 2010

म मेरा सबै शुभचिन्तक मित्रहरुलाई स्वागत गर्दछु ।

२०६६ सँल माघ १२ गते

आजको दिनमा खास त्यस्तो उपलब्धि केहि भएन सधैंको जस्तो दिनचर्या । बिहान उठेर भान्जि संगको केहि समय र अफिस अफिसको दैनिक काम अनि जिम । आज भाई बेन्जिनको जन्मदिन । उसले मलाई के एफ सि मा आउन निमन्त्रणा दियो तर के एफ सि को त्यो लामो लाईन सम्झेर म गईन । साँझमा कार्यालयको झ्यालबाट एकछिन बाहिर हेर्दा म एकछिन कता कता पुगें आफ्नो ठाउँ याद आयो बिराटनगर अब अर्को बर्ष दशैंमा गईन्छ केहि नयाँ उमंगका साथ ।

अनि आफ्नो क्याबिनको टिभिमा केबलको लाईन आयो राफा नाडाल र एण्डी मरेको भिडन्त । मरेले बाजि मार्यो फेरि कि्रक ईन्फोमा पाकिस्तानको लज्जास्पद हारको समाचारले मलाई अलि दुखि बनायो आफु परियो पाकिस्तानको डाई हार्ड फ्यान् । यस लगायत आफ्ना सहकर्मिहरु योपेश र बिष्णुहरि संग साग खेलकुदको समाचार संकलनको बारेमा एकछिन मििट¨मा ब्यस्त भईयो ।

अब केहि बेर पछि समाचार पढ्न जानु छ त्यसपछि घर तर्फ आज घरमा लोडसेिड¨को पालो लोडसेिड¨ले मलाई चािहं फाईदा पुर्याएको छ सधै राति १२ १ बजे सम्म टिभि हेरेर बस्ने बानि लागेको थियो बिहान उठ्ने गाह्ो आजकल निकै राम्रो निन्द् लाग्छ ।

अब भोलिको दिनको पर्खाईमा केहि नयाँ जोश र जाँगरको पर्खाईमा ।

सुदिन ।

Monday, January 25, 2010

jan 25, 2010

म मेरा सबै शुभचिन्तक मित्रहरुलाई स्वागत गर्दछु ।
२०६६ सँल माघ ११ गते
आजको दिन पनि बित्यो । बिहान उठ्ना साथ भान्जिलाई खेलाउने बानि लागेको छ आजकल निकै रमाउछिन मेरि भान्जि मामा भन्ना साथ बिहानको ब्रेकफास्ट खाएपछि म अफिस तिर लागें । आज स्कोरबोर्ड गर्ने दिन साह्ा स्क्रिप्टहरु सकेर गिरिश म संग मेरो डिपार्टमेन्टमा संगै काम गर्ने भाई र अन्य केहि साथिहरु संग अफिस छेउको चिया पसलमा गएर चिया खाए । चिया पसलमा साह्ा गफ गरियो नेपाली फुटबल देखि म्यानचेस्टर सिटिले म्यान्चेस्टर युनाईटेडलाई एफ ए कपको म्याचमा पराजित गरेको सम्म । त्यसपछि आफ्नो दैनिक कार्यमा लागियो समाचारको लागी स्क्रिप्ट र स्कोरबोर्डको काम सबै शुिट¨ सकेर म घर तर्फ लागे खाना खान एकछिन फेरि भान्जिलाई खेलाउने मौका पाए खाना खाएर आसिफको अफिस तर्फ लागें आसिफ रात गई बात गई भन्ने फिल्म हेर्दै थियो एकछिन मैले पनि हेरे राम्रो फिल्म रहेछ । त्यसपछि म र आसिफ लाग्यौं जिम तर्फ २ घण्टाको वर्क आउट पछि र अफिस तिर फर्किए एक छिन सचिन तेन्दुल्करको ब्यािट¨ हेरियो उसको खेल जिवनको ४५ औं शतक ७ बजेको र ८ बजेको समाचार लेखन कार्य सकेर एक छिन फेसबुक मा ब्यस्त भएँ । अब केहि बेर पछि समाचार बाचन गरेर घर तर्फ प्रस्थान गर्नेछु । घर पुग्ना साथ बुवा आमा बहिनि संग कुरा कानिमा ब्यस्त हुन्छु आजको पुरा दिन यसरि सकिनेछ भोलि नयाँ दिन नयाँ जोश र जाँगरका साथ दिनको शुरुवात गर्नेछु ।
सुदिन ।