Sunday, February 28, 2010

Nepal Beat The AMERICANS

फाल्गुन १७ गते ।

आज धेरै पछि पाना भर्न मन लाग्यो किनभने बिगत केहि दिन देखि दिमागमा केहि पनि फुरेको थिएन । प्राय सबै दिन कि्रकेटको रिपोर्टि¨ मै ब्यस्त भईयो । होलि खेलेर आज अलि फुस्रदमा छु ।

नेपालले अमेरिकालाई हरायो । यो समाचार हाम्रो लागी एकदम ठुलो समाचार हो । किन भने संसारको सबैभन्दा शक्तिशालि मुलुकलाई हामिले पराजित गर्नु भनेको ठुलो समाचार हो । हुन त कि्रकेट खेल अमेरिकामा धेरै अघि देखि खेल्न शुरु गरिएको हो तर अमेरिकि हरुले बेसबललाई प्रख्यात बनाए त्यो तिनिहरुको समास्या हो । कि्रकेटमा चाख राख्नेहरुले अमेरिकाले कि्रकेट खेल्छ भनेर सुन्दा छक्क परेका थिए धेरैले त मलाई बेसबल जस्तै खेल्बनक होला है भनेर पनि सोधेका थिए । अमेरिका संगको फाईनल हेर्न करिब २० हजार दर्शकहरु किर्तिपुर मैदानमा थिए २० हजार त्यो पनि कि्रकेटमा वाह नेपालमा खेल्न आउने कुनै पनि देशको आधा मनोबल दर्शकहरुले गिराईदिन्छन् । किन भने नेपाल खेल्न आउने देशमा कि्रकेट म्याच भयो भने औंलामा गन्न मिल्ने दर्शकहरु मैदानमा हुन्छन् । तर यसपालि अमेरिकि टोलि पुरा तैयारिका साथ थियोृ । अन्तिम लिग खेलमा १५ हजार दर्शहरुको उपस्थिति थियो । अमेरिकाले नेपाललाई मज्जाले हराई दियो । भाग्यवश नेपाल फाईनलमा प्रवेश गर्यो । तर यसपालि नेपाल तैयार थियो नेपालको ऐतिहासिक जितको साक्षि बन्यो २० हजार दर्शक । पहिलो पटक नेपालले कुनै प्रतियोगीतामा प्रवेश पायो । डिभिजन फोरमा प्रवेश गर्यो नेपाल ।

तर अमेरिकि टोलिले जाँदा जाँदै नेपाली खेलाडीहरुलाई गुन लगाएर गएका छन् । अमेरिका बिश्वकै धनि राष्ट्र त्यहाँ खेलकुदमा पैसाको खोला बग्छ खेलाडीको प्रशिक्षँण देखि लिएर उसको सबै सामागि्रको ब्यवस्थामा समेत पैसाको खोला बग्छ । यसपालि अमेरिकि खेलाडीहरुले आफ्नो सम्पुर्ण खेल सामाग्रीहरु नेपाली खेलाडीहरुलाई उपाहार स्वरुप प्रदान गरेर गए । यो ठुलो कुरा हो किनभने हाम्रा खेलाडीहरु निकै मेहेनेति छन् तर नेपाल सरकारले केहि गर्न सक्या छैन अब नेपाल सरकारको ब्यवस्थापन तिर नजाउँ होला त्यो जगजाहेर नै छ । खेलकुदमा पैसा खर्च भन्ने कुरा यो त …॥ के भन्ने मैले ।

जे होस शिर ठाडो बनाए हाम्रँ खेलाडीहरुले हामिले अमेरिकालाई पराजित गर्न सक्ने खेल एउटै हो त्यो हो कि्रकेट । नेपाली खेलाडीहरु लाई मेरो तर्फबाट धेरै धेरै बधाई ।

सुदिन ।


Thursday, February 18, 2010

जम्काभेट

फाल्गुन ६ गते बिहिबार ।

खेलकुद पत्रकारिता गरेको लगभग ९ बर्ष भैसक्दा धेरै बिस्रनै जम्काभेट भएका छन् । यस्ता जम्काभेटले म आफुलाई खेलकुद पत्रकार भएकोमा गर्वान्वित महशुस गर्दछु । आज पनि यस्तै भयो । शनिबारबाट काठमाण्डौमा शुरु हुने अँई सि सि डिभिजन फाईभ कि्रकेट पत्रकारिताको बारेमा रिपोर्टि¨ गर्न आज म सोल्टि होटन पुगेको थिएँ । रिपोर्टि¨ गरेर बाहिर निस्कदा मेरो साथि क्यामराम्यान योपेशले चिच्याउँदै एकजाना खेलाडीको नाम लियो ति खेलाडी थिए श्रीलंकाका पुर्व कप्तान र निकैनै भरपर्दा ब्याट्स्म्यान मार्भन अट्टपट्टू तिनलाई आफ्नो अगाडि देख्दा जिउनै सििर¨ भयो किनभने उनको स्टाईलको म पनि प्रसंसक हुँ । उनी त्यहाँ अलि ब्यस्त थिए मौकाको फाईदा उठाउदै म उनी नजिक गएर हात मिलाए र आफ्नो परिचय दिएँ र अन्तरवार्ताको लागाी कुरा गरे । उनले मलाई ५ मिनेट पछि भेर कुराए म कुरें उनी आए र उनी संग कान्तिपुर टिभिको लागी कुराकानि गरे । त्यसपछि म दंग परे । निकैनै दंग एकजाना कि्रकेटका मेहेनेति खेलाडी संगको भेट र कुराकानि पनि । मैले बिश्वस्तरिय खेलाडीहरु संग धेरै पटक जम्का भेट गरेको छु । कि्रकेटकै सिलसिलामा काठमाण्डौमै भारतका कुनैबेलाका राम्रँे अल राउण्डर रबिन िसंह पाकिस्तानका पुर्व खेलाडीहरु ईजाज एहेमद ईक्बाल सिकन्दर र सबैभन्दा मिठो अनुभव भयो श्रीलंकाकै पुर्व फास्ट बलर रुमेश रत्नायके संगको भलाकुसारि आज भन्दा ५ बर्ष अगाडि उनको मैले अन्तरवार्ता लिएको थिएँ । उनलाई केहि महिना अघि शारजाहा रंगशालामा भॆट्दा उनले मेरो नाम याद गरिरहेका रहेछन् । खुशि लाग्छ ।

त्यस्तै रामईलो अनुभव थियो भारतका पुर्व लिटल मास्टर सुनिल गावास्कर संगको भेट दंग परेको थिएँ गावास्करलाई भेट्दा उनी संग खिचाएको फोटो त मैले ठुलो बनाएर घरको भित्तामा समेत राख्या छु ।

एउटा रमाईलो कुरा सुनाउछु । एकपटक मलाई मेरो एकजाना साथिले फोन गर्यो र उसले मलाई सोध्यो सुदिन ग्रेग नोर्मन भनेको मान्छे को हो यार मैले किन भनेर सोधें उसले त्यो बुढा त म काम गर्ने होटलमा बस्या छ यार मेरो खुट्टा काम्यो मैले उसलाई उल्टो प्रश्न गरें अमिताब बच्चन भन्या को हो उसले भन्यो अरे यार सुपरस्टार अनि मैले उसलाई भने नोर्मन खेलकुदका सुपर स्टार हुन् गल्फका माहान खेलाडी उसले मलाई नोर्मनलाई भेटाईदियो र नर्मनलाई भेट्ने मौका पाएँ उनले मलाई गल्फको बलमा अटोग्राफ समेत दिए । सम्हालेर राख्या छु त्यो बल मैले ।

यस्तै केहि महिना अघि म यु ए ई गएको थिएँ टि ट्वेन्टि कि्रकेटको समाचार संकलन गर्न नेपाली कि्रकेट टोलि संग । शारजाह कि्रकेट मैदानमा प्रवेश गर्दा मेरो मुटुको गति तेज भएको थियो । किनभने शारजाह कुनै बेला कि्रकेटको लागी निकैनै प्रख्यात थियो मैले बाल्यकालमा दुरदर्शनमा शारजाहमा भएका खेलहरु खुब हेरेको थिएँ मलाई अझै पनि याद छ भारत पाकिस्तानको खेल हेर्न एकटपट त्याहाँ दाउद ईब्राहिम समेत पुगेका थिए । रंगशालाको मैदान जस्ताको त्यस्तै रहेछ तर भैातिक पुर्वाधारहरु जिर्ण अवस्थामा । त्यहाँ मैले मोहोम्मद भाईलाई भेटे लगभग ५५ नाघिसकेका मोहोम्मद भाई बिगत ३० बर्ष देखि त्यो मैदानका क्युरेटर भएर काम गरिरहेका छन् । उनले त्यो मैदानको तिता मिठा अनुभवहरु सुनाएका थिए । मैले पनि दाउद बसेको सिटमा बसेर फोटो खिचाएँ ।

यि सबै अहिले सम्मका मेरा बिस्रन नसक्ने जम्काभेटहरु हुन् ।

सुदिन ।


Wednesday, February 17, 2010

बिन्दास धरान र धराने मित्रहरु ।

फाल्गुन ५ गते बिहिबार ।



धरान यो ठाउँको नाम सुन्न साथ आनन्द आउँछ । सफा ठाउँ र बिन्दास धरानबासिहरु । बिराटनगर बस्दा हप्तामा एक पटक धरान गईन्थ्यो गरमि ठाउँ धरान भन्दा ठाडो उकालो लाग्यो भने भेडेटार पुगिन्थ्यो अत्यन्त मनोरम ठाउँ चिसो ठाउँ । भेडेटारबाट तल झर्यो कि ए सि कोठाबाट बाहिर निस्क्या जस्तो लाग्ने । आफु पढ्या स्कुलमा पनि छात्रबासमा बस्ने धेरै धराने साथिहरु थिए । सबैभन्दा आनन्द लाग्ने धराने बोलिचालि पहिलो पहिलो त त्यति सारौ थिएन तर बिगत ४ । ५ बर्ष यता धराने मित्रहरुले धेरै नयाँ शब्दहरुको उचारण गर्न थाल्नु भएछ ।

२ बर्ष अघिको भ्यालेन्टाईन डे मा हाम्रो धरानमा कन्सर्ट थियो धरानका रिकभरिका साथिहरुले गरेको कन्सर्ट । धेरै पछि धरान जाने अवसर पाएको थिएँ धरान पुग्ना साथ सुनेका पहिलो शब्द आँच सुदिन ब्रो यहाँ कसैले गिदि गर्दैन है तपाईहरुलाई चिन्ता नलिनुस गिदि भनेको कसैले कुरा गरेर दिमाग खानु । । गिदि प्राय धराने युवा युवतिको मुखमा झुण्डीने शब्द हो । केहि गर्यो कि ब्रो गिदि नगरु है भनि हाल्ने । लेग्रो तानेर बोल्ने बानि यसपालि पनि मज्जा आयो दिउसो ३ बजे धरान पुग्यौं । धरान पुग्नु भन्दा अलि ओर तरहरा भन्ने ठाउँ छ तरहराको सेकुवा एकदम चर्चित त्यहाँ सेकुवा खादै हामि धरान पुग्यांै । कति सफा छ धरान एकदम सफा हरेक धरानबासिले आफ्नो टोललाई सफा राख्ने बानिनै बसाएका । कार्यक्रम ७ बजे शुरु भयो धरानको निर्भाना कन्ट्रि क्लबमा भएको हाम्रो कार्यक्रम हेर्न करिब २ हजार युवा युवतिहरु जम्मा भएका थिए । भ्यालेन्टाईन डे को दिन हामिले गाएको पहिलो माया भन्ने गित धरानेहरुले खुब मनपराए अरु गितहरु गाएर हामिले खुब नचायौं धरानलाई । कार्यक्रम राति २ बजे सकियो र हामि सबै होटल तिर लाग्यौं अनि होटलको रुममा रमाईलो भयो धराने मित्रहरुको बोलिचालि र उनीहरुको दिनचर्या सुनेर उनीहरुे आफ्नो कथा सुनाउदा बिच बिचमा सुदिन ब्रो स्याल्याक्क भाको हो भनेर सोध्थे स्याल्याक्क भनेको थाकेको हो । हा हा सुत्दा त ४ बज्यो । भोलिपल्ट १० बजे हामि बरालियौं बिराटनगर तर्फ एक पटक आफु हुर्किएको शहर पस्ने मन थियो र आसिफलाई पनि बिराटनगर खुब मनपर्छ अमितलाई भोक लागेकोले बिराटनगरको चर्चित कालि मिस्टानमा लस्सि खादै हामि बजार तिर लाग्यो । आसिफले अलि किनमेल गर्यो म र अमित यता उता चक्कर लगाउन थाल्यौं । जम्मा ३० मिनेट बस्न पाएँ बिराटनगर । अर्क्रै आनन्द आउँछ बिराटनगर पुग्दा । त्यहाँको हरेक ठाउँमा केहि न केहि पुराना यादहरु छन् आसिफ र अमितलाई चाचाको चिया ख्वाउने खुब मन थियो तर समय पर्याप्त नभएर भ्याईएन आफ्नो टोलमा पनि जान पाईन नराम्रो लाग्यो । शान्त सुन्दर सफा ठाउँलाई छाडेर लागियो राजधानि तर्फ नियमित कार्यमा ब्यस्त हुन ।

सुदिन ।


Thursday, February 11, 2010

hindi film and me

माघ २८ , बिहिबार


भोलि शुक्रबार , यो बारको नामले मेरो शरिरमा अलि बढि स्फुर्ति दिन्छ, किनभने यो दिन मेरो बिदा , काम गर्दाको स्फुर्ति र यो स्फुर्तिमा अलि फरक छ , काम गर्दा अलि गम्भिरता पुर्वक शरिर स्फर्त हुन्छ भने शुक्रबारले अर्कै स्फुर्त दिन्छ , किन भने यो दिन म जसरि पनि कुनै न कुनै हिन्दि चलचित्र हेर्छु । अब हिन्दि चलचित्र किन भन्दा जयनेपाल र कुमारिमा प्राय हिन्दि चलचित्र नै लाग्छ । म स्फुर्तको कुरा गर्दै्र थिएँ । शुक्रबार घरमा आमाले कम्तिमा १० पटक ढोका न ढक्ढक्याउन्जेल म उठ्दिन निकैनै अल्छि हुन्छु । ९ बजे आँखा मिच्दै कोठाबाट बाहिर निस्कदा घरमा बुवा अफिस जान तैयार भएको देख्छु । अल्छि मान्दै फ्रेश भएर केहि बेर पत्रपत्रिका पढ्दै खाना खान बसिहाल्छु । त्यसपछि तुरुन्त आसिफलाई फोन गर्छु यो , फिल्मि फिभर म र आसिफमा उस्तै छ , केहि साता अघि थि्र ईडियट्स हेर्न जय नेपाल पुग्दा , आसिफले टिकट बुक नगर्दा म एक्दम रिसाएँ , मैले आसिफलाई " भाई म संग सबै कुरामा मजाक गर तर फिल्म हेर्दा नगर मलाई एकदम रिस उठ्छ " आसिफले जसो तसो गरेर टिक मिलायो म दन्ग । आसिफलाई फोन गरेर टिकट बुक गरेपछि म योपेशलाई फोन गर्छु , योपेश अर्को मिल्ने साथि हामि सन्गै काम , गर्छै नेपालको एक उत्कृष्ठ न्युज क्यमेराम्यान , खेलकुदमा अलि दखल भएको । अनि तिनजामा फिल्म हेर्दा छेउछाउका मान्छेले समेत मनोराजन लिन्छन् हाम्रो फिल्मको डायलग पछिको फिडब्याक । शुक्रबार भयो कि बेलुकाको शो फिल्म नहेरि चित्त बुझ्दैन । हिन्दि फिल्मको भुत ममा बाल्यकाल देखिनै लाग्यो । बिराटनगरमा हुर्किदा फिल्मि वातावरणमै हुर्किएँ । घर छेउका दाई काकाहरु सबै फिल्मी मेरो काका त बिराटनगर भन्दा धेरै पर फार्िर्वसगाज कटिकार सम्म गएर फिल्म हेर्नुहुन्थ्यो । काकाले कहिले काहि काहानि सुनाउनु हुन्छ । फिल्मकै भुतले गर्दा मेरो बोलिचालिमा कहिले काहि हिन्दि फिल्मको शब्दहरु आउँछ अनि आसिफले पनि अबे बिराटनगरिया भनेर जिस्क्याउछ । म कक्षा ३ । ४ मा पढदा न्याश्नल पानासोनि स्टिरियो प्लेयरमा अमिताब बच्चनको फिल्मको डायलग भएको क्यासेट काकाले खुब सुनाउनुहुन्थ्यो । भारतको चर्चित फिल्म शोलेको डायलग मैले खुब सुनेको थिएँ झन मिठुन चकरबत्तिको फिल्म डिस्को डान्सरको गित त कन्ठै थियो बाल्यकालमा । बिराटनगरको जलजला हिमालय हलमा फिल्म बद्लिन साथ हेर्न गैहाल्थे कहिले काहि त जोगबनि बोर्डर छेउको अरुण टाकिजमा पनि खुब फिल्म हेरियो । एक पटक मलाई याद छ मामाको साईकल लिएर म र मेरो साथि हिमान्शु जोगबनि फिल्म हेर्न गयौं फिल्म थियो आतिस सन्जय दत्त र आदित्य पन्चलिको हामि संग फिल्म हेर्ने ठ्याक्क पैसा थियो र खाजा खाने पैसा जोगबनिको जिलेबि खुब मनपथ्र्यो । डबल लोड जाँदै थियौं बिचमा गएर साईकल पन्चर भयो अब आपत फिल्म पनि हेर्नु छ जिलेबि पनि खानु छ लोभि मन बाटोमा साईकलमा हावा हाल्दै हाल्दै पन्चर नबनाएर फिल्म पनि हेरेउँ जिलेबि पनि खायौं अनि फर्किदा बिच बाटो सम्म हावा हाल्दै अनि बाँकिको बाटो हिन्दै । फेरि एउटा प्रस¨ बाँड्न मन लाग्यो । कक्षा ५ मा पढ्दा घरमा त्यतिबेला डेक भाडामा ल्याएर फिल्म हेर्दै थियौै एउटा सस्पेन्स फिल्म थियो त्यो फिल्मा एकजाना पात्रले गोलि हानि हत्या गर्छ तर त्यो पात्रको खालि ओठ र उसको जु¨ा देखाउछ मैले त्यो हेर्न त्यो पात्रलाई चिनिदिएँ अन्तिममा मैले भन्या पात्रले नै त्यो हत्या गरेको हुन्छ बुवाको खुब गालि खाँएँ ।
म फिल्मको यति ठुलो पारखि हुँ कि मैले एक दिनमा ३ वटा फिल्म समेत हेरेको छु । यसलाई पारखि न भनु पागलपन भन्नु पर्ला ।
अब भोलि शुक्रबार मैले शुरुमै भने झैं म अहिले देखिनै दंग छु भोलि माई नेम ईज खान हेर्ने पालेा फेरि शाहरुख मलाई एकदम मनपर्ने अनि आसिफको मनपर्ने अभिनेता चािहं आमरि तर उनीहरु दुई ले म र आसिफ बिचको घनिस्टता दुईजानाको दोस्तिबाट पाठ सिक्न जरुरि छ हा हा ।
अब केहि दिनको लागी मेरा मित्रहरुबाट म बिदा लिन्छु किनभने शनिबार म धरान तिर बरालिदैछ आईतबार भ्यालेन्टाईन डे को दिन धरानमा मेरो शो छ धरानको यसपालिको अनुभव म सबै संग बाँड्छु शुभरात्रि शुभदिन र म सुदिन ।

Monday, February 8, 2010

Vice President's ESTYLE

नौटन्कि परमानन्द झा , हाम्रँ उपराष्ट्रपति ।
कसैले नाटक गर्यो भने हामि भन्छौं नौटन्कि नगर् ।
अब हाम्रा उपराष्ट्रपति परमानन्द झाको नाटकलाई चाहि के भन्ने राजनैतिक दाउपेच पदको लागी जे गर्न पनि तैयार या असल नेताको एक बानि । हिजो वहाँले सपथ लिनु भयो शुरुमा वहाँलाई हेर्न म आतुर थिएँ वहाँ को पहिरन के हुन्छ भनेर किनभने यो भन्दा अघि वहाँलॆ धोति कुतार्ामा सपथ लिनु भएको थियो , मलाई वहाँको लगाईमा कुनै आपत्ति थिएन तर जब वहाँले ठाडै हिन्दिमा सपथ लिनु भयो मलाई रिस उठ्यो , वहाँको मातृ भाषा त मैथलि हो नि ? अनि किन ?भनेर सोध्दा वाहाँले सरल रुपमा आफुलाई नेपाली भाषा नआउने र हिन्दि वहाँको मातृ भाषा भएकोले वहाँले हिन्दिमा शपथ लिएको बताउनु भयो । यसलाई सफेद झुट भन्छ हिन्दि भाषामा , हिन्दिमा भाषण गरेर वहाँले समस्थ मैथलि बोल्ने दाजु भाई दिदि बहिनिको मात्र चित्त दुखाउनु भएन सम्पुर्ण मुलुककै चित्त दुखाउनु भयो । वहाँले ढिठ भएर नेपाली भाषा वा मैथलि भाषामा सपत लिदै लिन्न भन्न थाल्नु भयो ।
तर हिजो फेरि वहाँ लाज पचेर सपथ लिन उभ्भिनु भयो दैारा सुरुवालमा ढाका टोपि लगाएर र वहाँले नेपाली र मैथलि भाषमा सपथ लिनुभयो । अब वहाँले यो भन्दा अगाडि लिएको सपथलाई के भन्ने नौटन्कि कि ईस्टाईल ।
नौटन्कि पनको जलन्त उदाहरण यस्ता त छन हाम्रो देशको दोस्रँे बरिष्ठ ठुलो मान्छेको ताल पदको लागी जे गर्न पनि तैयार आफुले बोलेको कुरा बिस्रन पनि तैयार ।
सुदिन ।

Sunday, February 7, 2010

२०६६ साल माघ २४ गते ।

केहि बर्ष अगाडि मैले भारतिय साहित्यका केहि माहान हस्तिहरुको कार्यक्रम हेर्ने मौका पाएको थिएँ । भारतिय दुतावासले आयोजना गरेको यस कार्यक्रममा भारतका हस्ति हास्य कविहरुको जमघट थियो जसमा अशोक चक्रधर जस्तो प्रख्यात हस्ति हास्य कविको उपस्थिति थियो । उनले भनेको एउटा कथा आज मालाई याद आयो । कथा यस प्रकार छ
एउटा जंगल थियो जंगलमा एउटा िसंहको राज थियो उ आफु भन्दा कम्जोर जनावहरुलाई मार्दै खान्थ्यो । उसको यो बानिले साह्ा जनावरहरु त्रसित थिए एक दिनको कुरा हो एउटा बाख्रँ र उसको पाठो जंगलमा िहंड्दै थिए अचानक उनीहरुको अगाडि त्यहि िसंह आईपुग्यो । बाख्राको पाठोले आमालाई सोध्छ आमा आमा के िसंह अंकलले हामिलाई आफ्नो भोजन बनाउनु हुन्छ ? बाख्रीले केहि जवाफ दिन सकिन र त्यो सानो बाख्राको पाठोले गएर िसंहलाई नै सोध्यो , िसंह अंकल िसंह अंकल के तपाई आज हामिलाई आफ्नो भोजन बनाउनु हुन्छ ? िसंहले हल्का हाँस्दै बाख्रँको पाठोको टाउकोमा हात राख्दै दिर्घजिवि भव भन्ने आशिर्वाद दिएर आफ्नो बाटो लाग्यो । पाठोले हातार हतार आफ्नो आमालाई गएर सोध्यो आमा आमा आज िसंह अंकलले किन हामिलाई खानु भएन आमाले जवाफ दिई बाबु शायद जंगलमा चुनाव आउँदै छ ।
यो प्रस¨ म आज किन निकाल्दै छु भने अहिले हाम्रो अफिसमा कर्मचारि युनियनको चुनावको माहोल छ र हाम्रा सहकर्मि उम्मेदवारहरु म संग भोट माग्दै हुनुहुन्छ मैले वहाँहरुलाई यहि कथा सुनाएँ । कतिले त के हामिलाई िसंह भन्न खोज्नु भा हो पनि भन्नु भयो मैले होईन कुनै हालतमा पनि होईन भने मैले त चुनावि माहोलमा रमाईलो गर्न यो कथा सुनाएको भने ।

हामि नेपालीहरुले यो कथाबाट धेरै कुरा सिक्न सक्छौं , निकै सरल छ यो कथा तर यसले के भन्न खोजिरहेको छ त्यो धेरै ठुलो कुरा छ । के हामीले पनि यस्तै िसंह संग जम्काभेट गरेका थियौं …।
सुदिन ।

Monday, February 1, 2010

mero DESH

२०६६ साल माघ १९ गते मंगलबार

जय गणेशाय नम ।

म हेरक मंगलबार भगवान गणेशको पुजा गर्छु गणेश थान गएर बाहिरै बाट ढोग्छु । मनको शान्तिको लागी अनि शान्ति पनि प्राप्त गर्दछु ।

आज मैले फेसबुकमा ढाकामा जारि साग खेलकुदमा नेपालको उल्टो टांगीएको झण्डाको फोटो राखेको छु । त्यो फोटो हेरेर जो कसै नेपालीहरु झड्किन्छन् म पनि भड्किए त्यो फोटोमा मेरो फेसबुकको नेटवर्कमा भएका मित्रहरुले कमेन्ट पठाउन थाल्नु भयो सबैको मनमा घोचेछ यो तस्विरले घोच्नु स्वभाविक हो आखिरमा साह्ा देशको बदनामि भएको तस्वीर हो । यस बिषयमा त्यहाँ ढाका पुगेका नेपाली खेल पदाधिकारिहरु र स्वयं ढाका स्थित नेपाली दुतावासमा कार्यरत कर्मचारिहरु मौन छन् । दोष एक अर्कामा थोपर्दै ब्यस्त लाज पचेका पिचासहरु । मतलबनै छैन तर यसो सोच्दा बंग्लादेशको ओलम्पिक कमिटिले हाम्रो अवस्था देखेरै त्यसो गरेको होला । हाम्रो अवस्था हेरौन आफै के हामि उल्टो हिडिरहेका छैनौ र कुन आँटले अब हामि बिश्वको सामना गर्ने यो प्रश्न मेरो दिमागमा घुमिरहन्छ कुनै समय यस्तो थियो जब फक्रका साथ म सागरमाथा भएको देशको नागरिक हु म नेपाली हुँ भन्न म आफुलाई गर्व गर्थे तर अब केहि समय पछि म आफुलाई चिनाउन आफैलाई अप्ठेरो महसुस गर्छु होला । के भनेर चिनाउने बिश्वको सबैभन्दा बढि लोडसेिड¨ हुने देश बिश्वको सबैभन्दा बढि बन्द हुने देश र बिश्वका सबैभन्दा बढि दुर्गन्धित राजनितिक नेता भएको देश छि ।

प्रस¨ झण्डको मात्रै होईन त्यो त एउटा सानो उदाहरण मात्र हो हाम्रो लपरवाहिको अहिले लाग्छ सबैलाई भाग चाहिएको छ । देशमा गणतन्त्र स्थापना भएपछि केहि हुन्छ कि भन्ने आश सबैको थियो मेरो बिदेशमा बस्ने साथिहरु पनि देश फर्केर केहि गर्ने हो कि भनेर सोच्दथे तर अहिले उनीहरु आत्तिन्छन् । मैले त मेरा साथिहरुलाई आजकल बिसे्रर पनि नेपाल नआईज भन्न थाले । होईन किन आउने भन्या अब देश टुकि्रदैछ । यो संघियताको म पक्का बिरोधि यो सबै भाग खोज्दै संसद भवन पुगेका नेताहरुलाई खान दिने भाँडो हो । नैटंकिको पराकास्टा देशलाई संघियता तर्फ लान उत्साहित को भन्दा त्यहि भ्रष्टाचारिहरु जनतालाई उक्साउने अनि आफु फाईदा लिने । फेरि केहि गर्ने अठोट लिन मन लाग्छ तर खालि बोलिन्छ मात्र गर्न केहि सकिन्न बिदेशमा बसेका मेरा मित्रहरु पनि केहि गर्नु पर्यो सुदिन भन्छन खै के गर्ने अनि कसरि गर्ने एक्लै गर्न सकिन्न फेरि कसले सुन्ने मेरा कुरा सबै सत्ता भोगि खन्चुवाहरु । अब त खालि प्रार्थना मात्र गर्छु भगवान आउ देश बचाउ । भगवान आउ देश बचाउ अब त भगवान पनि आउदैनन् होला वाक्क भएर ।

सुदिन ।