Tuesday, April 13, 2010

NEW YEAR - 2067

बैशाख १ गते २०६७ साल

लाग्यो आजबाट २०६७

बित्यो भयानक २००६६ ।

आशा गरौ यो बर्षमा दॆशले ठुलै कोल्टे फेर्ने छ

हरेक नेपालीहरुको भागमा धेरै कुरा पर्नेछ ।

शायद २०६५ साल सकिदा पनि हामि सबैले यस्तै केहि सोचेका थियौं होला २०६६ सालमा नेपालले ठुलै कोल्टे फेर्नेछ भनेर . तर त्यो भएन र यो बर्ष पनि त्यस्तै होला भन्ने मा कसैको दुईु मत न होला । हिजोको बर्ष सम्झीदा डर लाग्य साँच्चैनै डर लाग्छ । नेपाली राजनितिको घिनलाग्दो क्ररा त के गर्नु , त्यो संसारनै त्यस्तै हो संसारमै त्यस्तो हुनुछ तर हाम्रो र अन्य देशको तुलना गर्दा हाम्रो मा घिन्लाग्दो खेल हुन्छ जुन त्यहाँ हुदैन । २०६६ सालमा पुर्व मेचि देखि पश्चिम माहाकालि सम्म कतै शान्त रहेन खै कसले सरापेको होला यो देशलाई मान्छे मार्ने बन्द हडताल त सामान्य नै भैसक्यो एक किसिमले कुरा गर्ने हो भने हाम्रो दिन चर्या हरेक क्षेत्र त्रसित छ आजकल ।

आशा गरौ यो बर्ष त्यसो नहोस् देशले हरेक क्षेत्रमा प्रगति गरोस नेपालीहरुको घरमा खुशियालि छाओस ।

बत्ति पानि बिना अस्तब्यस्त मेरो देश

टुकि्रने भत्त्किने सोचमा रहेको मेरो देश

छिमेकि शक्तिशालि देशहरुको टुुँडि खेल बनेको मेरो देश

नलागोस् कसैको आँखा यसलाई , नलडुन अब फेरि दाजु भाई

यहि छ मेरो प्रार्थना नव बर्षको सबैलाई ।

सुदिन ।


No comments:

Post a Comment