Tuesday, March 8, 2011

फेरि एक पटक धेरै समयपछि केहि लेख्न मन लाग्यो लेख्न त सधै मन लाग्छ तर लेख्ने बिषय सोच्दा एउटै बिषय दिमागमा आउछ मेरो देश र यो संग जोडिएका धेरै पिडा दुख र हामि बाँचिरहेको ढु¨े युग ।

आज दिक्क लागि रहेको छ , मेरो एउटा साथि निमेशले आफ्नो फेश बुकमा बत्ति , पानि , ईन्टरनेटको बारेमा लेखेको थियो । उसको पिडा जायज हो , त्यो पिडा मेरो , तिम्रो ,तपाईको , हामि सबैको हो । दिक्कै लाग्छ सुत्दा बत्ति नहुने उठ्दा बत्ति नहुने , गित रेकर्ड गर्दा , अब मोबाईल चार्ज गर्न पनि लाईन नहुने . धन्य अफिसमा बत्ति हुन्छ मोबाईल चार्ज गर्ने काम सबै अफिसमा । मेरो मात्र होईन अफिस जाने सबै मित्रहरुको बिडम्बना यहि हो ।

घर बाहिर नि_िक्सयो काहालि लाग्दो भिड गाडिको भिड मान्छेको अस्तब्यस्त भिड , डर लाग्दो भएको छ राजधानि । बेलुका कामबाट घर फर्किदा डर लाग्छ सुनसान तिनकुने बानेश्वरको सडक बानेश्वर चोकमा केहि प्रहरि दाजुहरु । शान्ति सुरक्षाको त ह्वाट लागेको छ । अनि फेरि महिनामा एक दुई पटक सुरक्षा जाँच गर्न बसेका हुन्छन् प्रहरि दाजुहरु मुखबाट डु¨ डु¨ र_िक्स गनाएको हुन्छ प्रश्न कहाँबाट आउनु भएको म भन्छु अपिस कुन अपिस कान्तिपुर टिभि ए ल जानुस , यो सुविधा मैले पाएको छु । पत्रकार भएको फाईदा होला शायद । यसरि हुन्छ हाम्रो देशको शान्ति सुरक्षु ॥

मेरो एकजाना साथि बिदेशबाट केहि बर्ष अघि नेपाल आएको थियो । उ ९ बर्ष पछि नेपाल आएको थियो । उ धेरै दिनको बिदा लिएर आएको थियो नेपालमा केहि गर्न सकिन्छ कि भनेर उ २ हप्तामा भाग्यो । सकेन उसले यो वाताबरण पचाउन सकोस पनि त कसरि होउ । एस एल सि पछि अहिले सम्म सबै कुरा देखियो भोगियो अनि पचाईयो पनि Proud To Be A Nepali यो नारा यहा चरितार्थ हुन्छ । एकदम गर्वका साथ म भन्छु म नेपाली हु भनेर । बिदेश बसेका मित्रहरुमा देश प्रेमको भावना अलि बढि हुन्छ किनभने वहाहरु देशदेखि टाढा हुनुहुन्छ र हरेक मोडमा देशको याद आउछ तर मलाई सोध्नु हुन्छ भने म अन्तिममा देशको बारेमा सोच्छु । हो मलाई देशको माया लाग्छ तर शायद देशमै बसेर होला देशको बारेमा अन्तिममा सोच्ने गर्दछु म छातिमा हात राखेर भन्नुहोस तपाई सबैलाई लाग्ने कुरा पनि यहि हो । र त्यसैले बिदेश बसेका साथिहरु संग कुरा गर्दा उनीहरको पहिलो प्रश्न नै नेपाल कस्तो छ भन्ने हुन्छ अनि मेरो जवाफ ROCKING हुन्छ । के गर्ने खानु पर्यो लाउनु पर्यो परिवार पाल्नु पर्यो र देशको लागी सोचेर बस्यो भने भोकै हुईन्छ , हो यो स्वार्थि कुरा हो र आजकल हरेक नेपाली स्वार्थि भएका छन् । अब प्रश्न उठ्न सक्छ देश राम्रो भएन यि सबै कुरा भोग गर्न पाईन्छ अरे बाबा यत्रो बर्ष दॆखि देश राम्रो छ र एउटा सिस्टम बसिसक्यो । देश चलाउने हुन्छन् कोहि न कोहि अर्थतन्त्रको बारेमा ठुला ठुला गफ गर्ने देखि लिएर देशको काया पलट गर्ने सोच राख्ने बगमफुसे हरु त्यत्रो ठुलो गफ गर्नेहरुले केहि न केहि त गर्लान नि हो देशको लागी म त आफ्नो बारेमा सोच्छु भन्या तपाईहरु मलाई मतलबि नै भन्नुस तपाई आफ्नो छातिमा हात राखेर भन्नुस त के तपाई पनि यस्तै सोच्नु हुन्न । बिदेश बसेका साथिहरुलाई यो कुरा मन नपर्ला तर तपाई यहा बस्नु भएको भए तपाई पनि यस्तै सोच्नु हुन्थ्यो भन्या ……॥

यो यस्तो बिषय हो जसको बारेमा म १०० पृष्ठ सम्म लेख्न सक्छु धरोधर्म तर किन भेजा फ्राई गर्नु । मेरो जिवनशैलि ५ दिन ढाड घोटेर काम बाँकिको २ दिनमा एक दिन गित संगीत र एक दिन घर परिवार ॥ यसरि आफ्नो एक हप्ते योजना बनाउनुस खुशि रहनुहुन्छ ।

सुदिन पोखरेल ।


No comments:

Post a Comment