Sunday, January 31, 2010

बिशेस्वर शाहको पान र पिच्कारि ।

२०६६ साल माघ १८ गते सोममबार



आज धेरै पछि पानको आनन्द लिन पाएँ अफिस छेउमै छ एउटा पान पसल । म उसको पान पसलमा गएँ भने उ दंग पर्छ उसले मलाई टेलिभिजनमा काम गर्ने भनेर भन्दा पनि मैथलि बोल्न सक्ने उसको ग्रँहक भनेर चिन्छ म टुटेफुटेको मैथलि बोल्छु शुरमै बोल्छु र उ संग कुरा गर्दा उ दंग पर्छ कि छे हो आहाँ के हालचाल के छ तिम्रो हाल खबर उसले जवाफ दियो बढिया छे बाबु अर्थात राम्रो छ मिडा पानको स्वाद लिदै म अफिस भित्र छिरे आज उसले पान आएपछि पिचकारि मार्न मज्जा लाग्छ मलाई तर जथाभावि पिच्कारि नमारेको धेरै भयो । म बिराटनगरमा हुर्किको मेरो बाल्यकाल पुरै बिराटनगरमा बित्यो । सानो छदा टोलका दाईहरुले मुखमा पान राखेर गफ गरेको देख्दा मज्जा लाग्थ्यो र पान खाने मान्छे कोहि ठुलै मान्छे होला भन्ने मेरो सोचाई थियो र उनीहरु पान खाएर जुन मज्जाले पिचकारि मार्थे वाह मलाई देख्दा मज्जा लाग्थ्यो पिचकारि मार्ने भनेको मज्जाले थुक्ने घर भन्दा अलि पर हस्पीटल चोकमा थियो बंगालि दादाको पान पसल खुब मिठो पान बनाउथ्यो र त्यो भन्दा पनि ठुलेा र अझ मिठो पान खान मन लाग्यो भने पुग्नु पथ्र्यो गुदि्र दुबेको पान पसल दुबेले पान बनाईसक्दा त्यसमा एक किसिमको बास्ना आउने पदार्थ राख्थ्यो वाह क्या बास्ना आउथ्यो त्यो । एउटा रमाईलो प्रसंग याद आयो कक्षा ५ मा पढ्दा दशैको बेला खल्तिमा पैसा थियो दशैको नायाँ लुगा लगाएर बंगालि दादाकोमा पान खान गएँ मच्चि मच्चि साईकल कुदाएर हाफ पाईटिल अर्थात हाफ पेडल । पान मुखमा हाल्ना साथ मुखबाट पानको रातो रंग नयाँ टिसर्टमा झर्यो ला दशैको लुगा लगाएको पहिलो दिनमै बिगि्रएको देखेर म त रुन थाले तर बंगालि दादाले हतार हतार त्यो रंग सफा गरेर एकछिन घाममा बस्न लगाउनु भयो बल्ल बल्ल गयो त्यो रंग । कपडा बिगि्रएपनि पान चाहि खान छाडिन पान चबाउदै बाटोमा जता पाए त्यतै पिचकारि मार्दै घर फर्किए त्यो जथाभावि पिचकारि मार्न जुन मज्जा लाग्थ्यो वाह के भन्ने अनि पान खाएपछि मुख रातो भएको ऐनामा हेर्दा अर्कै मज्जा ।
आज पनि पान खाएँ एकछिन बाल्यकाल तिर पुग्न मन लाग्यो र जे पर्ला पर्ला भनेर मारियो पिचकारि हा हा अफिस बाहिर भित्र होईन ।
सुदिन ।

No comments:

Post a Comment