Wednesday, January 27, 2010

म मेरा सबै शुभचिन्तक मित्रहरुलाई स्वागत गर्दछु ।
२०६६ सँल माघ १३ गते
आज भन्दा ठ्याक्क एक बर्ष अगाडि म अष्ट्रेलिया तिर बरालिदै थिए । पारिवारिक जमघट र आजैको दिन म आफ्नो जिवनको अविस्मरणिय क्षण मध्येको एक को घट्नामा थिए । म सिड्नि कि्रकेट ग्राउण्डमा थिएँ अष्ट्रेलिया र दक्षिण अफि्रका बिचको म्याच हेर्न तैयार आफ्नो हातमा मेरो मित्र दामोदरले म्याच टिकट दिदा म ज्यादै खुशि भएको थिएँ । म्याच त्यहाँको समय अनुसार २।३० मा शुरु हुने थियो तर मैले दामोदरलाई १२ बजेनै स्टेडियम तिर जान भने उत्साहित हुदै भित्र छिर्दा आफ्नो अगाडि एस सि जि थियो बिशाल रंगशाला । ५० हजार दर्शक अटाउने क्षमता भएको रंगशाला र ग्राउण्डको बिचमा दक्षिण अफि्रकाका खेलाडीहरु प्रशिक्षँणमा ब्यस्त के चाहियो आफुलाई आफ्नो अगाडि हर्शल गिब्स जे पि डुमिनि मखाया एन्टिन ए बि डिभिलियस्र र पिचको बिचमा थिए स्पिनका बादशाह शेन वार्न पिच रिपोर्ट दिन तैयार खेलाडीहरु संग फोटो खिच्न साहै मन लाग्यो । नेपालको रंगशाला भएको भए त सजिलै लिईन्थ्यो तर पर्यो एस सि जि बल्ल बल्ल एन्टिनिलाई कराउदा कराउदा उ नजिक आयो मैले दामोदरलाई क्यामरा दिएँ खिच्न तर उसले क्लिक गर्दा खालि मखायाको मात्रै तस्वीर आयो झण्डै मारे मैले त्यसलाई तर फेरि याद आयो ए यो टिकट त मलाई यसले नै दिएको अनि छाडिदिए केहि क्षण पछि म्याच शुरु भयो बिहान ईन्टरनेटमा सिड्निको त्यो दिनको तापक्रम चेक गर्याथिएँ ४० डिगि्र गर्मि बाफरे अनि साँझ ५ मा एस सि जि माथि आकाशमा बादल लाग्ने छ भनेर लेखिएको थियो जे लेख्या थियो त्यहि भयो ५ बजेको आसपास एस सि जि को माथि बादल अनि मैले सम्झीएँ हाम्रँे देशको मैासम पुर्वानुमान बिभाग जे भन्ने ठ्याक्के त्यसको उल्टो हुने । म्याच शुरु भयो रंगशाला भरिदै गयो केहि क्षण पछि स्क्रिनमा दर्शकहरुको उपस्थिति ५० हजार पुगेको देखियो वरिपरि ५० हजार दर्शक दशरथ रंगशालमा फुटबल हेर्दा २० हजार सम्म अटेको देखेको थिएँ ५० हजार देख्दा म तिन छक्क फेरि ४० डिगि्रको गर्मिमा म्याच हुर्दा मैले गर्मिनै बिसर्िएको थिएँ । म र दामोदर दक्षिण अफि्रकाको समर्थ वरि परि सबै अजि समर्थकहरु डर पनि लाग्यो तर खुब हल्ला गरियो । निकैनै रमाईलो गरियो अष्ट्रेलिया पुग्ना साथ मलाई दामोदरले भनेको थियो अष्ट्रेलिया थि्र बि को लागी चर्चित छ बिच , बियर र बार्बिक्यु हो रहेछ त्यो दिन त्यो रंगशालामा रहेको बियर बारले निकैनै ठुलो ब्यापार गर्यो खेल दक्षिण अफि्रकाले जित्यो र यो कुरा कान्तिपुर समाचारको समाचारमा प्रत्यक्ष टेलिफोन मार्फत गर्न पाउदा म ज्यादै खुशि भएको थिएँ ।
म्याच सकियो घर तर्फ लागें बाफरे बाफ ५० हजार दर्शकहरु एकै साथ मैदान बाहिर निस्कदा मेला झैं थियो । मैले त्यो म्याचको टिकटलाई नेपाल आएर फ्रेम गरेर राख्या छु । केहिले काहि सम्झन्छु त्यो रमाईलो क्षण खुशि लाग्छ एक खेल पत्रकारलाई यो भन्दा ठुलो उपलब्धि के नै होला र ।
सुदिन ।

1 comment:

  1. felt really good after readin it...wish u more success in ur life...

    ReplyDelete