Tuesday, January 26, 2010

jan 26 , 2010

म मेरा सबै शुभचिन्तक मित्रहरुलाई स्वागत गर्दछु ।

२०६६ सँल माघ १२ गते

आजको दिनमा खास त्यस्तो उपलब्धि केहि भएन सधैंको जस्तो दिनचर्या । बिहान उठेर भान्जि संगको केहि समय र अफिस अफिसको दैनिक काम अनि जिम । आज भाई बेन्जिनको जन्मदिन । उसले मलाई के एफ सि मा आउन निमन्त्रणा दियो तर के एफ सि को त्यो लामो लाईन सम्झेर म गईन । साँझमा कार्यालयको झ्यालबाट एकछिन बाहिर हेर्दा म एकछिन कता कता पुगें आफ्नो ठाउँ याद आयो बिराटनगर अब अर्को बर्ष दशैंमा गईन्छ केहि नयाँ उमंगका साथ ।

अनि आफ्नो क्याबिनको टिभिमा केबलको लाईन आयो राफा नाडाल र एण्डी मरेको भिडन्त । मरेले बाजि मार्यो फेरि कि्रक ईन्फोमा पाकिस्तानको लज्जास्पद हारको समाचारले मलाई अलि दुखि बनायो आफु परियो पाकिस्तानको डाई हार्ड फ्यान् । यस लगायत आफ्ना सहकर्मिहरु योपेश र बिष्णुहरि संग साग खेलकुदको समाचार संकलनको बारेमा एकछिन मििट¨मा ब्यस्त भईयो ।

अब केहि बेर पछि समाचार पढ्न जानु छ त्यसपछि घर तर्फ आज घरमा लोडसेिड¨को पालो लोडसेिड¨ले मलाई चािहं फाईदा पुर्याएको छ सधै राति १२ १ बजे सम्म टिभि हेरेर बस्ने बानि लागेको थियो बिहान उठ्ने गाह्ो आजकल निकै राम्रो निन्द् लाग्छ ।

अब भोलिको दिनको पर्खाईमा केहि नयाँ जोश र जाँगरको पर्खाईमा ।

सुदिन ।

2 comments: