Saturday, January 30, 2010

२०६६ साल माघ १४ गते बिहिबार
…॥
घर आउँदा मेरो आमा बाबालाई ढोग्थीस्

म र तँ दाजुभाई हौ भन्थिस

याद छ मलाई तँ बिरामि भएको क्षण

आत्तिएको थिएँ जब पाएँ त्यो खबर

चिनिनस् मलाई एकछिन् सोचेर भनिस्

धेरै धेरै सोचेर र गरेर कोसिस्

नाम मेरो लिदा म रोएको थिएँ बुझिस्


तेरो त्यो लास हेरि मुटु कामेको थियो

लाग्यो मलाई अब अस्तायो मेरो कुल

दैबले तँलाई लगि गर्यो ठुलो भुल

हेडफोन लगाएर जब स्टुडियोमा छिर्छु

आँखा चिम्लन्छु अनि तँलाई सम्झन्छु

लाग्छ तँ मलाई सधैं हेरिरहेको छस्

यस्तै हो यहाँको चलन जहाँ छस तँ राम्रो संग बस् ।

यि शब्दहरु मैले मेरो मिलनसार साथि कुल पोखरेलको लागी लेखेको अन्तिम शब्दहरु हो कुलको लागी गित बनाउदा र यो सबै लेख्दा म अत्तिनै भावुक भएको थिएँ । पछि यो गित अनि म्युजिक भिडियोमा परिणत भएपछि कुललाई मनपर्नेहरु र उसले यो पृथ्वी छोडेर गए पछि उसलाई बिस्रनेहरु सबैले उसलाई एकपटक सम्झेका थिए ।
ठुलो ह्दय भएको थियो कुल सन् २००३ साल तिर जब उसको र मेरो चिनजान भयो उसको बोल्ने शैलि र उसको बिनदास रवैया देख्दा म अचम्ममा परेको थियो । के छ त नि सुदिन भनेर उसले म संग कुरा गरेको थियो । उसको बोल्ने शैलि अलि बेग्लै थियो नेपाली बोल्दा ठेट नेपाली बोल्थ्यो भने अंग्रेजि मिसाएर बोल्दा बेलायति नागरिक सरह उ बेलायतमा पढेको थियो । त्यसपछि मरो कार्यालयको समय पछिको समय उसको घरमा बित्तथ्यो हामि उसको घरलाई स्टुडियो कुल भन्थ्यौं शान्तिनगरमा थियो उसको फ्ल्याट । संगीतमा निकैनै तल्लिन भएर लागेको थियो कुल र उसको गित बनाउने र गाउने शैलिनै बेग्लै राति सुत्नेबेलमा उ कम्प्युटर अगाडि बस्थ्यो र बिहान उठ्दा उ त्यहि हुन्थ्यो । अनि हामिलाई सुनाउँथ्यो उसको नयाँ कम्पोज । एकचोटि उसले बनाएको मृत्यु भन्ने गित सुनेर मलाई डर लागेको थियो । उसले आफ्नो मृत्युको क्षणको कल्पना गरेर त्यो गित बनाएको थियो । डर लाग्दो थियो गितको शब्द जिउनै सििर¨ हुने ।
शान्तिनगरबाट उ सोल्टिमोडमा सरेपछि उ संगको संगत अलि कम भयो उ बस्थ्यो टाडा र जान आउननै समय लाग्ने हप्तामा एक पटक मात्र भेट हुन्थ्यो । अहिले उसको त्यो लगन त्यो संगीतप्रतिको मोह देख्दा नेपाली संगीतिक क्षेत्रमा उसको कमि खड्किन्छ । मैले पनि केहि प्रेरणा उ बाट पनि पाएको थिएँ त्यतिबेलाको मेरो संघर्षको बेला र त्यो बेला कुल जस्तो जाँगरिलो साथि पाउनु म आफुलाई भाग्यमानि नै ठान्छु । तर एक दिन अचानक उ बिरामि भएको खबर पाउँदा म आत्तिएँ उसलाई अस्पतालमा भेट्न जाँदा र उसको अवस्था देख्दा म रोएको थिएँ त्यसको केहि महिना पछि मलाई आसिफले पाटन अस्पताल आईज भन्यो उसले कुल हामि बिच रहेन भन्ना साथ म त एकछिन चुप्नै लागेको थिए वुवालाई लिएर अस्पतार गएर उसको पार्थिव शरिर हेर्दा म भक्कानो छोडेर रोएँ कुल सुतिरहेको थियो सुत्दा खेरि उसको हात छातिमा हुन्थ्यो र उसले उसलाई अत्तिनै मनपर्ने बास्केटबलको जसर्ि लगाएको थियो । लाग्थ्यो उ मस्त सुतिरहेको छ तर उसको यो सुताई सधैको लागी थियो । यति बेला मैले उसले मलाई सुनाएको मृत्यु सम्बन्धि गित सम्झे जसको बोल थियो कस्तो हुन्छ होला मेरो मृत्युको क्षण…………।
ब्याकरण एल्बम गर्दा म आसिफ र अमितले एउटा गित कुल प्रति समर्पित गर्नु पर्छ भनेर भनेका थियौं । उसको एउटा गित थियो म संग जुन उसले म संग गर्छु भन्थ्यो त्यहि गितलाई हामिले उसको नाममा समर्पित गर्यौं ।
आज यो प्रसंग कताबाट आयो भन्दा आज अफिस आउदा म शान्तिनगर तिर गएको थिएँ आफ्नो कामले त्यो बाटो हिड्दा हिड्दै म कुल बसेको पहिलाको घर तिर लागें एकछिन अडिएर मैले त्यो घर तिर हेरें कुलको याद झलझलि आयो उसको पहिलाको बासस्थान हेर्दै म धेरैबेर त्यहाँ अडिएँ ।

लाग्यो मलाई कुलले हेरिरहेको छ

सुदिन ।

1 comment:

  1. कूल, डि ए अनी इन्केश दाजु भाई हो भन्थिस

    याद छ हामीलाई तँ बिरामि भएको क्षण

    आत्तिएको थियौँ जब पायौँ त्यो खबर

    चिनिनस् हामीलाई एकछिन् सोचेर भनिस्

    धेरै धेरै सोचेर र गरेर कोसिस्

    नाम हाम्रो लिदा हामी रोएको थियौँ बुझिस्

    Rest In Peace!!! COOL dada....
    -inkesh

    ReplyDelete