Sunday, February 7, 2010

२०६६ साल माघ २४ गते ।

केहि बर्ष अगाडि मैले भारतिय साहित्यका केहि माहान हस्तिहरुको कार्यक्रम हेर्ने मौका पाएको थिएँ । भारतिय दुतावासले आयोजना गरेको यस कार्यक्रममा भारतका हस्ति हास्य कविहरुको जमघट थियो जसमा अशोक चक्रधर जस्तो प्रख्यात हस्ति हास्य कविको उपस्थिति थियो । उनले भनेको एउटा कथा आज मालाई याद आयो । कथा यस प्रकार छ
एउटा जंगल थियो जंगलमा एउटा िसंहको राज थियो उ आफु भन्दा कम्जोर जनावहरुलाई मार्दै खान्थ्यो । उसको यो बानिले साह्ा जनावरहरु त्रसित थिए एक दिनको कुरा हो एउटा बाख्रँ र उसको पाठो जंगलमा िहंड्दै थिए अचानक उनीहरुको अगाडि त्यहि िसंह आईपुग्यो । बाख्राको पाठोले आमालाई सोध्छ आमा आमा के िसंह अंकलले हामिलाई आफ्नो भोजन बनाउनु हुन्छ ? बाख्रीले केहि जवाफ दिन सकिन र त्यो सानो बाख्राको पाठोले गएर िसंहलाई नै सोध्यो , िसंह अंकल िसंह अंकल के तपाई आज हामिलाई आफ्नो भोजन बनाउनु हुन्छ ? िसंहले हल्का हाँस्दै बाख्रँको पाठोको टाउकोमा हात राख्दै दिर्घजिवि भव भन्ने आशिर्वाद दिएर आफ्नो बाटो लाग्यो । पाठोले हातार हतार आफ्नो आमालाई गएर सोध्यो आमा आमा आज िसंह अंकलले किन हामिलाई खानु भएन आमाले जवाफ दिई बाबु शायद जंगलमा चुनाव आउँदै छ ।
यो प्रस¨ म आज किन निकाल्दै छु भने अहिले हाम्रो अफिसमा कर्मचारि युनियनको चुनावको माहोल छ र हाम्रा सहकर्मि उम्मेदवारहरु म संग भोट माग्दै हुनुहुन्छ मैले वहाँहरुलाई यहि कथा सुनाएँ । कतिले त के हामिलाई िसंह भन्न खोज्नु भा हो पनि भन्नु भयो मैले होईन कुनै हालतमा पनि होईन भने मैले त चुनावि माहोलमा रमाईलो गर्न यो कथा सुनाएको भने ।

हामि नेपालीहरुले यो कथाबाट धेरै कुरा सिक्न सक्छौं , निकै सरल छ यो कथा तर यसले के भन्न खोजिरहेको छ त्यो धेरै ठुलो कुरा छ । के हामीले पनि यस्तै िसंह संग जम्काभेट गरेका थियौं …।
सुदिन ।

2 comments: