Wednesday, February 17, 2010

बिन्दास धरान र धराने मित्रहरु ।

फाल्गुन ५ गते बिहिबार ।



धरान यो ठाउँको नाम सुन्न साथ आनन्द आउँछ । सफा ठाउँ र बिन्दास धरानबासिहरु । बिराटनगर बस्दा हप्तामा एक पटक धरान गईन्थ्यो गरमि ठाउँ धरान भन्दा ठाडो उकालो लाग्यो भने भेडेटार पुगिन्थ्यो अत्यन्त मनोरम ठाउँ चिसो ठाउँ । भेडेटारबाट तल झर्यो कि ए सि कोठाबाट बाहिर निस्क्या जस्तो लाग्ने । आफु पढ्या स्कुलमा पनि छात्रबासमा बस्ने धेरै धराने साथिहरु थिए । सबैभन्दा आनन्द लाग्ने धराने बोलिचालि पहिलो पहिलो त त्यति सारौ थिएन तर बिगत ४ । ५ बर्ष यता धराने मित्रहरुले धेरै नयाँ शब्दहरुको उचारण गर्न थाल्नु भएछ ।

२ बर्ष अघिको भ्यालेन्टाईन डे मा हाम्रो धरानमा कन्सर्ट थियो धरानका रिकभरिका साथिहरुले गरेको कन्सर्ट । धेरै पछि धरान जाने अवसर पाएको थिएँ धरान पुग्ना साथ सुनेका पहिलो शब्द आँच सुदिन ब्रो यहाँ कसैले गिदि गर्दैन है तपाईहरुलाई चिन्ता नलिनुस गिदि भनेको कसैले कुरा गरेर दिमाग खानु । । गिदि प्राय धराने युवा युवतिको मुखमा झुण्डीने शब्द हो । केहि गर्यो कि ब्रो गिदि नगरु है भनि हाल्ने । लेग्रो तानेर बोल्ने बानि यसपालि पनि मज्जा आयो दिउसो ३ बजे धरान पुग्यौं । धरान पुग्नु भन्दा अलि ओर तरहरा भन्ने ठाउँ छ तरहराको सेकुवा एकदम चर्चित त्यहाँ सेकुवा खादै हामि धरान पुग्यांै । कति सफा छ धरान एकदम सफा हरेक धरानबासिले आफ्नो टोललाई सफा राख्ने बानिनै बसाएका । कार्यक्रम ७ बजे शुरु भयो धरानको निर्भाना कन्ट्रि क्लबमा भएको हाम्रो कार्यक्रम हेर्न करिब २ हजार युवा युवतिहरु जम्मा भएका थिए । भ्यालेन्टाईन डे को दिन हामिले गाएको पहिलो माया भन्ने गित धरानेहरुले खुब मनपराए अरु गितहरु गाएर हामिले खुब नचायौं धरानलाई । कार्यक्रम राति २ बजे सकियो र हामि सबै होटल तिर लाग्यौं अनि होटलको रुममा रमाईलो भयो धराने मित्रहरुको बोलिचालि र उनीहरुको दिनचर्या सुनेर उनीहरुे आफ्नो कथा सुनाउदा बिच बिचमा सुदिन ब्रो स्याल्याक्क भाको हो भनेर सोध्थे स्याल्याक्क भनेको थाकेको हो । हा हा सुत्दा त ४ बज्यो । भोलिपल्ट १० बजे हामि बरालियौं बिराटनगर तर्फ एक पटक आफु हुर्किएको शहर पस्ने मन थियो र आसिफलाई पनि बिराटनगर खुब मनपर्छ अमितलाई भोक लागेकोले बिराटनगरको चर्चित कालि मिस्टानमा लस्सि खादै हामि बजार तिर लाग्यो । आसिफले अलि किनमेल गर्यो म र अमित यता उता चक्कर लगाउन थाल्यौं । जम्मा ३० मिनेट बस्न पाएँ बिराटनगर । अर्क्रै आनन्द आउँछ बिराटनगर पुग्दा । त्यहाँको हरेक ठाउँमा केहि न केहि पुराना यादहरु छन् आसिफ र अमितलाई चाचाको चिया ख्वाउने खुब मन थियो तर समय पर्याप्त नभएर भ्याईएन आफ्नो टोलमा पनि जान पाईन नराम्रो लाग्यो । शान्त सुन्दर सफा ठाउँलाई छाडेर लागियो राजधानि तर्फ नियमित कार्यमा ब्यस्त हुन ।

सुदिन ।


No comments:

Post a Comment