Sunday, February 28, 2010

Nepal Beat The AMERICANS

फाल्गुन १७ गते ।

आज धेरै पछि पाना भर्न मन लाग्यो किनभने बिगत केहि दिन देखि दिमागमा केहि पनि फुरेको थिएन । प्राय सबै दिन कि्रकेटको रिपोर्टि¨ मै ब्यस्त भईयो । होलि खेलेर आज अलि फुस्रदमा छु ।

नेपालले अमेरिकालाई हरायो । यो समाचार हाम्रो लागी एकदम ठुलो समाचार हो । किन भने संसारको सबैभन्दा शक्तिशालि मुलुकलाई हामिले पराजित गर्नु भनेको ठुलो समाचार हो । हुन त कि्रकेट खेल अमेरिकामा धेरै अघि देखि खेल्न शुरु गरिएको हो तर अमेरिकि हरुले बेसबललाई प्रख्यात बनाए त्यो तिनिहरुको समास्या हो । कि्रकेटमा चाख राख्नेहरुले अमेरिकाले कि्रकेट खेल्छ भनेर सुन्दा छक्क परेका थिए धेरैले त मलाई बेसबल जस्तै खेल्बनक होला है भनेर पनि सोधेका थिए । अमेरिका संगको फाईनल हेर्न करिब २० हजार दर्शकहरु किर्तिपुर मैदानमा थिए २० हजार त्यो पनि कि्रकेटमा वाह नेपालमा खेल्न आउने कुनै पनि देशको आधा मनोबल दर्शकहरुले गिराईदिन्छन् । किन भने नेपाल खेल्न आउने देशमा कि्रकेट म्याच भयो भने औंलामा गन्न मिल्ने दर्शकहरु मैदानमा हुन्छन् । तर यसपालि अमेरिकि टोलि पुरा तैयारिका साथ थियोृ । अन्तिम लिग खेलमा १५ हजार दर्शहरुको उपस्थिति थियो । अमेरिकाले नेपाललाई मज्जाले हराई दियो । भाग्यवश नेपाल फाईनलमा प्रवेश गर्यो । तर यसपालि नेपाल तैयार थियो नेपालको ऐतिहासिक जितको साक्षि बन्यो २० हजार दर्शक । पहिलो पटक नेपालले कुनै प्रतियोगीतामा प्रवेश पायो । डिभिजन फोरमा प्रवेश गर्यो नेपाल ।

तर अमेरिकि टोलिले जाँदा जाँदै नेपाली खेलाडीहरुलाई गुन लगाएर गएका छन् । अमेरिका बिश्वकै धनि राष्ट्र त्यहाँ खेलकुदमा पैसाको खोला बग्छ खेलाडीको प्रशिक्षँण देखि लिएर उसको सबै सामागि्रको ब्यवस्थामा समेत पैसाको खोला बग्छ । यसपालि अमेरिकि खेलाडीहरुले आफ्नो सम्पुर्ण खेल सामाग्रीहरु नेपाली खेलाडीहरुलाई उपाहार स्वरुप प्रदान गरेर गए । यो ठुलो कुरा हो किनभने हाम्रा खेलाडीहरु निकै मेहेनेति छन् तर नेपाल सरकारले केहि गर्न सक्या छैन अब नेपाल सरकारको ब्यवस्थापन तिर नजाउँ होला त्यो जगजाहेर नै छ । खेलकुदमा पैसा खर्च भन्ने कुरा यो त …॥ के भन्ने मैले ।

जे होस शिर ठाडो बनाए हाम्रँ खेलाडीहरुले हामिले अमेरिकालाई पराजित गर्न सक्ने खेल एउटै हो त्यो हो कि्रकेट । नेपाली खेलाडीहरु लाई मेरो तर्फबाट धेरै धेरै बधाई ।

सुदिन ।


2 comments:

  1. Sudin Dai sabai kura thikai ho tara Nepal sarkaar ko byabasthapan ma najauhola bhannu bhayo..tara Nepali Cricket ko Improve garnu parne Factor bhanekai Nepal Government le Cricket khel pratiko ownership ho jasto lagchha malai..hernus ta haribijok..American Kheladi le Cricket Equipment chadera hidnu parne situation chha...!

    ReplyDelete
  2. wats this i cant understand about this blog page

    ReplyDelete