Monday, February 1, 2010

mero DESH

२०६६ साल माघ १९ गते मंगलबार

जय गणेशाय नम ।

म हेरक मंगलबार भगवान गणेशको पुजा गर्छु गणेश थान गएर बाहिरै बाट ढोग्छु । मनको शान्तिको लागी अनि शान्ति पनि प्राप्त गर्दछु ।

आज मैले फेसबुकमा ढाकामा जारि साग खेलकुदमा नेपालको उल्टो टांगीएको झण्डाको फोटो राखेको छु । त्यो फोटो हेरेर जो कसै नेपालीहरु झड्किन्छन् म पनि भड्किए त्यो फोटोमा मेरो फेसबुकको नेटवर्कमा भएका मित्रहरुले कमेन्ट पठाउन थाल्नु भयो सबैको मनमा घोचेछ यो तस्विरले घोच्नु स्वभाविक हो आखिरमा साह्ा देशको बदनामि भएको तस्वीर हो । यस बिषयमा त्यहाँ ढाका पुगेका नेपाली खेल पदाधिकारिहरु र स्वयं ढाका स्थित नेपाली दुतावासमा कार्यरत कर्मचारिहरु मौन छन् । दोष एक अर्कामा थोपर्दै ब्यस्त लाज पचेका पिचासहरु । मतलबनै छैन तर यसो सोच्दा बंग्लादेशको ओलम्पिक कमिटिले हाम्रो अवस्था देखेरै त्यसो गरेको होला । हाम्रो अवस्था हेरौन आफै के हामि उल्टो हिडिरहेका छैनौ र कुन आँटले अब हामि बिश्वको सामना गर्ने यो प्रश्न मेरो दिमागमा घुमिरहन्छ कुनै समय यस्तो थियो जब फक्रका साथ म सागरमाथा भएको देशको नागरिक हु म नेपाली हुँ भन्न म आफुलाई गर्व गर्थे तर अब केहि समय पछि म आफुलाई चिनाउन आफैलाई अप्ठेरो महसुस गर्छु होला । के भनेर चिनाउने बिश्वको सबैभन्दा बढि लोडसेिड¨ हुने देश बिश्वको सबैभन्दा बढि बन्द हुने देश र बिश्वका सबैभन्दा बढि दुर्गन्धित राजनितिक नेता भएको देश छि ।

प्रस¨ झण्डको मात्रै होईन त्यो त एउटा सानो उदाहरण मात्र हो हाम्रो लपरवाहिको अहिले लाग्छ सबैलाई भाग चाहिएको छ । देशमा गणतन्त्र स्थापना भएपछि केहि हुन्छ कि भन्ने आश सबैको थियो मेरो बिदेशमा बस्ने साथिहरु पनि देश फर्केर केहि गर्ने हो कि भनेर सोच्दथे तर अहिले उनीहरु आत्तिन्छन् । मैले त मेरा साथिहरुलाई आजकल बिसे्रर पनि नेपाल नआईज भन्न थाले । होईन किन आउने भन्या अब देश टुकि्रदैछ । यो संघियताको म पक्का बिरोधि यो सबै भाग खोज्दै संसद भवन पुगेका नेताहरुलाई खान दिने भाँडो हो । नैटंकिको पराकास्टा देशलाई संघियता तर्फ लान उत्साहित को भन्दा त्यहि भ्रष्टाचारिहरु जनतालाई उक्साउने अनि आफु फाईदा लिने । फेरि केहि गर्ने अठोट लिन मन लाग्छ तर खालि बोलिन्छ मात्र गर्न केहि सकिन्न बिदेशमा बसेका मेरा मित्रहरु पनि केहि गर्नु पर्यो सुदिन भन्छन खै के गर्ने अनि कसरि गर्ने एक्लै गर्न सकिन्न फेरि कसले सुन्ने मेरा कुरा सबै सत्ता भोगि खन्चुवाहरु । अब त खालि प्रार्थना मात्र गर्छु भगवान आउ देश बचाउ । भगवान आउ देश बचाउ अब त भगवान पनि आउदैनन् होला वाक्क भएर ।

सुदिन ।

No comments:

Post a Comment